विराटनगरको खाकी बाबा मन्दिरका पुजारी नियन्त्रणमा लिएर लुटपाट

विराटनगरको खाकी बाबा मन्दिरका पुजारी नियन्त्रणमा लिएर लुटपाट

विराटनगर १३ स्थित खाकी बाबाद्वारा स्थापित रामजानकी मन्दिरका पुजारीको घरमा अज्ञात ब्यतिले हतियार देखाई लुटपाट गरेका छन् । शुक्रवार राती ११ बजे दुई जना व्यक्तिले दुई लाख रकम र आधा तोला सुन चोरी गरेका हुन् ।

पुजारी ८८ वर्षीय भवनाथ कोइराला र उनकी श्रीमती दिल कुमारी कोइरालाका अनुसार शुक्रवार राति ११ बजे आसपास अज्ञात ब्यक्तिहरुले हतियार देखाउदै मन्दिर छेउमा रहेको दम्पतिको कोठामा भएको टिनको बाक्साबाट दुई लाख नगद र दिल कुमारी कोइरालाले लगाएको कान,नाकको गरी आधा तोला सुन लिएर फरार भएका हुन् । चोरी गर्न आउनेले कोठाको बत्ति समेत निभाएर उनीहरुको साथमा भएको टर्च लाईट प्रयोग गरेका थिए ।
लछारपछार गरेका कारण भवनाथको घाटीमा र दिल कुमारीको अनुहारमा केहि चोटपटक लागेको छ ।

घटनापछि उनीहरु फरार भएका हुन् । वडा नंं. १३ का वडा अध्यक्ष तथा मन्दिरको समिति अध्यक्ष सुर्यलाल यादवले प्रहरीमा खबर गरिसकिएको जानकारी दिए ।

मन्दिरमा सुरक्षको लागि केहि दिनमा सि सि टि भि क्यामरा जडान गरीने अध्यक्षको भनाई छ । मन्दिर परीसरमा रहेको नवनिर्मित भवनमा आवश्यक निर्माण कार्य पुरा गरी सुरक्षित तवरले दुई दम्पतिलाई बस्ने ब्यवस्थाको योजना बनाईरहेको उनको भनाई छ । यता ईलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक सन्दिप वेलबासे ले निवेदन आउनसाथ अनुसन्धान थालिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्