नेपालमै पहिलो पटक विराटनगरबाट सुरु भयो बास्केटबल खेलको वार्षिक कार्यक्रम

नेपालमै पहिलो पटक विराटनगरबाट सुरु भयो बास्केटबल खेलको वार्षिक कार्यक्रम

विराटनगर। नेपालमै पहिलो पटक बास्केटबल खेलको वार्षिक कार्यक्रम सार्वजनिक भएको छ।

नेपालमै पहिलो पटक बास्केटबल खेलको वार्षिक कार्यक्रम सार्वजनिक गरेको विराटनगर बास्केटबल एकेडेमीले जनाएको छ।

एकेडेमीले सार्वजनिक गरेको वार्षिक कार्यक्रम अन्तर्गत एसइई दिएका विद्यार्थीलाई लक्षित गरेर एसइई बास्केटबल ट्यालेन्ट हन्ड बैशाख र जेठ महिनामा प्रतियोगिता हुने विराटनगर बास्केटबल एकेडेमीका अध्यक्ष सरोज लम्सालले जानकारी दिए।

जेठ महिनामा अण्डर १६ पुरुष र महिलाको अन्तर प्रदेश बास्केटबल प्रतियोगीता संचालन हुने भएको छ। त्यसैगरी साउन महिनामा विराटनगरको स्कुलहरुलाई लक्षित गरि नि:शुल्क बास्केटबलको तालिम दिने आयोजकले जनाएको छ।

यसैगरी भदौमा ५ औ पुरुष र महिलाको अन्तर स्कुल बास्केटबल लिग,असोजमा कर्पोरेट ३/३ प्रतियोगिता,कात्तिकमा मेयर कप बास्केटबल प्रतोयोगिता,मङ्सिरमा मिनी बीबीए फेस्ट २.०, पुषमा पुन: नि:शुल्क बास्केटबलको तालिम दिने र फागुनमा अण्डर १८ राष्ट्रिय बास्केटबल प्रतियोगिता संचालन गर्ने एकेडेमीले सार्वजनिक गरेको वार्षिक कार्यक्रममा उल्लेख छ।

बास्केटबल खेलको वार्षिक कार्यक्रम सफल बनाउनको लागि सम्पुर्ण सरोकारवालाहरुको सहयोगको अपेक्षा गरेको एकेडेमीका अध्यक्ष लम्सालले आग्रह गरे।

उक्त कार्यक्रमको २०८१ सालदेखि सुरुवात भएको र यस कार्यक्रमलाई निरन्तरता दिँदै जाने आयोजकले प्रतिवद्धता जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्