बिराटनगर : भन्सार छली नेपाल भित्र्याउदै गरेको मोबाइलको पार्टस कोशी प्रदेश प्रहरीले बरामद गरेको छ। मोरङ्को बिराटनगर महानगरपालिका-१५ स्थितबाट भन्सार छलेर नेपाल भित्र्याउदै गरेको मोबाइलको पार्टस कोशी प्रदेश प्रहरी कार्यालय बिराट्नगरको प्रादेशिक अनुसन्धान समुह (PIT) बाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो ।
अवैधरुपमा ल्याउदै गरेको अवस्थामा मोबाइलको डिस्प्ले २६५ थान र स्टिकी गम १२ थान समेत गरी करिव ३ लाख १९ हजार २ सय रुपैया मुल्य बराबरको सामान बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बरामद भएका उक्त सामग्री आवश्यक कारवाहीको लागि रानी भन्सार कार्यालयमा बुझाईएको छ ।