प्रदेशसभा सदस्य आचार्यको पहलमा बुढीगंगाको विद्यालयलाई दुईवटा बस सहयोग

प्रदेशसभा सदस्य आचार्यको पहलमा बुढीगंगाको विद्यालयलाई दुईवटा बस सहयोग

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाका दुई वटा सामुदायिक विद्यालले भारत सरकारको अनुदान सहयोगमा दुई वटा बस पाएका छन् ।
कोशी प्रदेश सभा सदस्य जीवन आचार्यको पहलमा बुढीगंगा गाउँपालिका २ मा रहेको नरग्राम माध्यामिक विद्यालय र वडा नम्बर ५ मा रहेको कर्मवीर माध्यामिक विद्यालयले एक/एक वटा १८ सिट क्षमताको माइक्रो बस पाएका हुन् ।
प्रदेशसभा सदस्य आचार्यलाई स्कुल बस आवश्यक परेको भन्दै पहल गरिदिन आग्रह गरेपछि उनकै पहलबाट बस प्राप्त गर्न सफल भएका विद्यालय समितिले जनाएको छ ।
कक्षा १२ सम्म पठनपाठन हुने कर्मवीर माध्यमिक विद्यालयसँग अहिलेसम्म एउटा पनि स्कुल बस थिएन । बस नहुँदा टाढाका बस्तीबाट विद्यार्थीलाई विद्यालय ल्याउन र साना नानीहरुलाई सामुदायिक विद्यालयमै ल्याउन समस्या भएकोले विद्यालय व्यवस्थापन समिति र विद्यालयका प्रधानाध्यापक समेतले बसको जरुरी रहेको बताएका थिए ।
भारतीय राजदूतावासले हरेक वर्ष यहाँका शिक्षालयहरुको सहयोगका लागि बस र स्थानीय तह, अस्पताल तथा स्वास्थ्य चौकीहरुका लागि एम्बुलेन्स उपलब्ध गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्