बुवा जिताउ अभियानमा गायिका `सुनिता थेगिम´

बुवा जिताउ अभियानमा गायिका `सुनिता थेगिम´

विराटनगर ।
`बिनायो कङकङ, बिनायो कङकङ
ए कान्छा घुम्न जाँउ लैलै मलायो हङकङ´
यो गीत कुनै सांगीतिक कार्यक्रमको ‘स्टेज प्रोग्राम’ मा घन्किएको होइन् । यो गीतका भाका ईलामको माङसेबुङको खुल्ला आकाश, माटो अनि कुना कन्दरा र भीर पाखा छिचोल्दै घन्किएको गीत थियो ।

त्यसमा पनि गायिका सुनिता थेगिमको आवाजमा । गायिका थेगिम यतिबेला ईलाम निर्वाचन क्षेत्र नम्बर–२ को उपनिर्वाचनमा चुनावी प्रचार प्रसारको दौडधुपमा व्यस्त छिन् । किनकी त्यस क्षेत्रको उम्मेदवारको रुपमा रहेका पुनः नामाकरण संघर्ष समितिका संयोजक डकेन्द्रसिंह थेगिमलाई जिताउनु जो छ ।

डेकेन्द्रसिंह थेगिम सुनिताका लागि केबल ईलाम क्षेत्र नम्बर २ का उम्मेदवार मात्रै होइनन् । सुनिताको जीवनका चित्र रेखा कोर्नका लागि बाल्यकालदेखि आजसम्म साथ दिने उनको बुवा पनि हुन् । सँधै जस्तो हुँदो हो त उनी यतिबेला नयाँ वर्षको आगमनसँगै विभिन्न जिल्लामा स्टेज प्रोग्रामको चटारोमा कुदिरहेकी हुन्थिन् । माथि उल्ल्ेखित गीतको माध्यमबाट दर्शकलाई छमछम नचाइरहेकी हुन्थिन् । तर, यतिबेला बुवा जिताउ अभियानमा व्यस्त छिन् । इलामेली जनतालाई नचाई–नचाई गीतको शब्द, धुन सँगै भोट पनि मागिरहेकी हुन्छिन् ।
संगीतको तालसँगै घरिघरि भन्छिन्,‘भोट के मा ?
भोट के मा ?
उनको गीतसँगै साथ दिन आएका अझ भनौँ त्यस क्षेत्रका मतदाताहरु गीतको ताल छिचोल्दै ठूलो आवाजमा भन्छन्,’मुडामा, मुडामा‘
त्यसो त यो जित केबल थेगिम परिवारको मात्रै नभएर पूर्वमा लड्दै आएको पहिचानको आन्दोलनको जित रहरको उनीहरुको भनाई छ ।
बुवासँगै नेपालको राष्ट्रिय झण्डा ओडेर चुनावी अभियानमा होमिएकी गायिका थेगिम बुवाकै भाषामा घरिघरि भन्छिन्,‘जय मुद्धा ।’
गत फागुन १७ गते तत्कालिन प्रदेश १ ले कोशी नाम पाएसँगै उग्ररुप लिएको नामकरणको आन्दोलनको ‘सेफल्याण्डिङ’ निर्वाचन जितेर हुन्छ या त वार्ता र छलफलले हुन्छ यसको नतिजा आउन बाँकी नै छ । यद्यपि धरान उपमहानगरपालिकाका मेयर हर्कसाम्पाङको दर्बिलो साथ पाएको थेगिमले यो क्षेत्रमा जित्नु पहिचानको आन्दोलनको माङगेना (शिर) उठ्नु हो भन्ने भनाई पनि त्यस क्षेत्रका नागरिकहरुको छ । त्यसो त सहजै जीत हासिल गर्न सकस नै छ । यद्यपि लारुम्बा र पहिचानको आन्दोलन भावनात्मक हिसाबले पनि जोडिएको केही आशा भने रहेको छ ।

यता, एमालेका उम्मेदवार सुहाङ नेम्वाङ, रास्वपका उम्मेदवार पूर्व पत्रकार मिलन लिम्बू, नेपाली काँग्रेसका उम्मेदवार डम्मर खड्कालाई पनि कम आक्न भने नहुने स्थानीयहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्