झापामा नक्कली सुनको टिल बिक्री गर्ने एक जना पक्राउ

झापामा नक्कली सुनको टिल बिक्री गर्ने एक जना पक्राउ

झापा । झापामा नक्कली सुनको टिल बिक्री गर्ने एक जना प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जल्पाइगुडी-४० सिलिगुडी भारतका ५४ वर्षीय शेर बहादुर गिरी रहेका छन् ।

सोमबार दिउँसो साढे २ बजे झापाको बिर्तामोड नगरपालिका-५ शनिश्चरे स्थितबाट गिरीले आफु सुन बेच्ने मानिस भएको भन्दै आफुसँग भएको नक्कली काँचो सुनको टिल ६० हजार रुपैयामा झापाको बुद्दशान्ती गाउँपालिका-२ की ४५ वर्षिया सविता सिटौलालाई ललाई फकाई गरी बिक्री वितरण गरी ठगी गरेका थिए । घटना घटेको केही समय पश्चात आफु ठगीमा परेको पत्तो पाएकी सिटौलाले तत्काल प्रहरीमा खबर गर्न साथ इलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको प्रहरी टोलीले गिरीलाई झापाको विर्तामोड नगरपालिका-५ बाट पक्राउ प्रहरीले पक्राउ गरेको थियो।

ठगी मुद्दामा म्याद थप गरी अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्