भगवती स्कुलको १८ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस

भगवती स्कुलको १८ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस

विराटनगर । विराटनगर – १४ मा रहेको भगवती विद्या मन्दिर स्कुलले १८ औं बार्षिक उत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ ।
स्कुल परिसरमा एक कार्यक्रम आयोजना गरी बार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रुपमा मनाएको हो । कार्यक्रममा विद्यार्थीले स्काउट मार्च पास, नृत्य , गायन प्रस्तुत गरी उपस्थित अतिथी , शिक्षक शिक्षिका , अभिभावक तथा विद्यार्थीहरुलाई भरपुर मनोरन्जन प्रदान गरेका थिए ।


सोहि अवसरमा एसईई परीक्षा दिएका १३ औं ब्याजका २२ जना विद्यार्थीलाई स्कुलले बिदाइ गरेको छ । कार्यक्रममा विराटनगर १४ का वडाअध्यक्ष सुर्यनारयण महतोले बिद्यार्थीलाई गुणस्तरीय शिक्षासंगै सिपमुलक शिक्षा दिएर अगाडि बढनुपर्नेमा जोड दिए ।
स्कुलले उत्कृष्ट विद्यार्थी, नियमित आउने विद्यार्थी, अनुशासन, सरसफाइ भएर विद्यालय आउने बिद्यार्थीहरुलाई पनि सम्मान तथा पुरस्कृत गरेको छ । स्कुल प्रथम हुने छात्र र छात्रालाई पूर्ण छात्रवृत्ति दिने स्कुलले घोषणा गरेको छ । यसैगरी कक्षा प्रथम हुनेलाइ ५० प्रतिशत, द्वितीयलाई २५ प्रतिशत र तृतीय हुने विद्यार्थीलाइ १० प्रतिशत छात्रवृत्ति दिने स्कुलका संस्थापक प्रिन्सिपल धनबहादुर (डिबी) राईले कार्यक्रममा घोषणा गरे । विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदानमा कुनै पनि कसुर बाकी नराखेको राईले बताए ।

विद्यार्थीहरुलाई सीपसहित रोजगारमुखी शिक्षा दिएर अगाडी बढेको समेत प्रिन्सीपल राईको भनाई थियो । कार्यक्रममा स्कुलले प्रकाशित गरेको स्कुल क्यालेन्डर समेत सहभागीहरुलाई निशुल्क वितरण गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्