डिआईजी ढकाल र जोशी एआईजीमा बढुवाको लागी सिफारिस

डिआईजी ढकाल र जोशी एआईजीमा बढुवाको लागी सिफारिस

विराटनगर । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) भिमप्रसाद ढकाल र उमेश राज जोशी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिसमा परेका छन् ।

उमेर हदका कारण अवकाश भई रिक्त हुन आउने एआईजी पदमा ढकाल र जोशीलाई बढुवा गर्न सिफारिस गरेको हो । जोशी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा र ढकाल प्रहरी प्रधान कार्यालय नक्शालमा प्रहरी महानिरीक्षकको सचिवालयमा नेपाल प्रहरीका प्रवक्ताको रुपमा कार्यरत छन् ।


५६ वर्षे उमेरहदका कारण वैशाख ५ मा एआईजी सन्दीप भण्डारी र वैशाख ७ मा एआईजी मिरा चौधरी थारु अवकाशमा जाँदैछन् । त्यसपछि रिक्त हुने २ पदमा जोशी र ढकाल सिफारिसमा परेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्