‘डिग्री माइला’ का निर्माता सहित कलाकारको टोली विराटनगरमा

‘डिग्री माइला’ का निर्माता सहित कलाकारको टोली विराटनगरमा

विराटनगर । गएको शुक्रबारबाट मुलुकभर प्रदर्शनमा आएका नेपाली सिनेमा ‘डिग्री माइला’ का कलाकारहरुको टोली प्रचारप्रसारको क्रममा विराटनगरमा आईपुगेका छन् ।


फिल्मका मुख्य कलाकार दयाहाङ राई , आचल शर्मा , विजय बराल र कार्यकारी निर्माता मणिराम पोखरेलको टिम मंगलबार फिल्म प्रचार प्रसारका लागी  विराटनगर आएका हुन् ।नेपाली सिनेमा ‘डिग्री माइला’ शुक्रबारदेखि देशभरीका सिनेमा हलहरूमा प्रदर्शन भई रहेको छ । सिनेमाको प्रचार प्रसार गर्ने उद्देश्यका साथ सिनेमा निर्माण गर्ने टोली विराटनगर आइपुगेको फिल्मका कार्यकारी निर्माता मणिराम पोखरेलले जानकारी दिए । विराटनगरको भाटभटेनी स्थित क्यू.एफ.एक्स. सिनेमा हलमा सिनेमा हेर्न आएका दर्शकसँग टोलीले सिनेमाको बारेमा प्रतिक्रिया लिएका थिए ।


शैक्षिक बेरोजगार एक युवाको कथावस्तुलाई समेटेर निर्माण गरिएको ‘डिग्री माइला’ को बारेमा मिश्रित प्रतिक्रिया आएका छन् । रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङ राईले डिग्री माइला नामक चरित्र निर्वाह गरेका छन् । सोसल–ड्रामा जनरामा राखिएको यो फिल्मले शैक्षिक बेरोजगारीको कथा पेश गरेको छ ।
फिल्म प्रचार प्रसारका लागी ‘डिग्री माइला’ का कलाकारहरु विराटनगर लगायत धरान ईटहरी, दमक ,विर्तामोड हुदै पुन काठमान्डौ फर्कने तय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्