रामभगवानको ध्वाजाले रंगिएको विराटनगरको बजार (फोटो फिचर)

रामभगवानको ध्वाजाले रंगिएको विराटनगरको बजार (फोटो फिचर)

विराटनगर । आज चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन । राम जयन्तीका नामले पनि परिचित राम नवमीलाई असत्य र अन्धकारमाथि सत्य र मर्यादाको उज्यालो प्रादुर्भाव भएको दिनका रूपमा लिइन्छ। देशका विभिन्न भागमा रहेका राम मन्दिरका साथै घर–घरमा वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले मर्यादा पुरुषोत्तम श्रीरामको श्रद्धा, भक्तिपूर्वक पूजा आराधना गरी राम नवमी पर्व मनाउँदै छन्। यता विराटनगरको राम मन्दिरहरुमा विहानैदेखी भक्तजनहरुको पुजापाठ गर्नेहरुको उत्तिकै भिड देख्न सकिन्छ ।

त्यति मात्र हैन विराटनगरकोे बजारमा राम भगवानका गेरुवस्त्रका ध्वाजाहरुले अहिले रंगिएका छन् । रामनवमीको अवसरमा यहाँको हिन्दु संघ सस्थाहरुले विविध कार्यक्रम गरी रामनवमी मनाउने तयारीमा समेत रहेका छन् । विराटनगरको मुख्यबजारका पसल तथा रोडहरुमा ध्वाजाहरुले सज्जिएका छन् ।

भत्तजनहरुले आफ्ना सवारी साधनदेखी घरका छतहरुमा समेत रामभगवानको ध्वाजाले सजाएको देख्न सकिन्छ । बजारमा रामभगवान अंकित टिसर्ट , झन्डाहरु बेच्न समेत राखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्