धार्मिक ¥यालीमा अवरोध भएपछि विराटनगरको रानी क्षेत्र तनावग्रस्त

धार्मिक ¥यालीमा अवरोध भएपछि विराटनगरको रानी क्षेत्र  तनावग्रस्त

विराटनगर । रामनवमीको अवसरमा विराटनगरका हिन्दु धार्मिक संघ संस्थाले निकालेको धार्मिक ¥यालीमा अवरोध भएपछि झडपको स्थिती सिर्जन हुन नदिनको लागि प्रहरीले अश्रुग्यास प्रयोग भएको छ । विराटनगर १५ का स्थानिय हिन्दु धार्मिक आस्थाका युवाहरुले वृहत मोटरसाईकल ¥याली निकाल्ने तयारीमा जुटेको बेला मुस्लिम युवाहरुले बाटो अवरोध गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

विराटनगर रानी १५ र १७ विचको सिमानामा मुस्लिम समुदाय र हिन्दु समुदायका युवाहरु विच झडपको स्थिती सिर्जन हुन लागेको थियो ।
घटनलाई साम्य बनाउनको लागी मोरङ प्रहरीले हवाई फायर गरी आदा दर्जन बढी अश्रु ग्यास प्रहार गरेको थियो ।

मुस्लिम समुदाय र हिन्दु समुदायका युवाहरु विच झडपको स्थिती सिर्जन हुन लागेपछि मोरङ प्रहरीले हवाई फायर गरी आधा दर्जन बढी अश्रु ग्यास प्रहार गरेको थियो । थप अप्रिय घटना हुन नदिनको लागि जिल्ला प्रहरी कार्यालय मोरङले बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्