फोनिजकर्मी पत्रकार महिलाहरुको प्रथम भेला ईटहरीमा सम्पन्न

फोनिजकर्मी पत्रकार महिलाहरुको प्रथम भेला ईटहरीमा सम्पन्न

विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश कार्यसमितिको आयोजनामा प्रदेशस्तरीय पत्रकार महिलाहरुको प्रथम भेला तथा क्षमता विकास सचेतना सम्पन्न भएको छ । बुधबार ईटहरीमा सम्पन्न भएको भेलाले फोनिज कार्यसमितिका उपाध्यक्ष अप्सरा समाललाई महिला विभागको संयोजक समेत तोकेको छ ।


कार्यक्रमको उद्धघाटन सत्रलाई सम्बोधन गर्दै आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सुनिता गुरुङले प्रदेश सभाले ल्याउन लागेको संचार विधेयकले समग्र पत्रकारिता क्षेत्रमा नयाँ आयाम थपिने दाबी गरिन् । मन्त्री गुरुङले पत्रकारको पहिचानको लागि यो संचार विधेयकले मद्दत गर्नेछ बताउदै विधेयक चाडै नै टेबुल हुने दाबी गरिन् । संचार विधेयकले मात्रै समग्र पत्रकारिता क्षेत्रमा नयाँ आयाम थपिने र यो विधेयकले पत्रकार कल्याण कोषको व्यवस्था गरिने उनको भनाई छ । पहिचानबादी महिलाहरुलाई समानुपातिक समाबेसी ढंगले संचारका हरेक क्षेत्रमा प्रतिनिधित्व गराउन राज्यको दायित्व रहेकोे बताउदै उनले प्रदेश सरकारले पनि सो कुरामा काम गरिरहेको जानकारी गराइन ।

कार्यक्रममा इन्चार्ज भक्तशेर लिम्बू, प्रदेश सल्लाहकार निलिफा सुब्बा, प्रदेश अध्यक्ष सन्तवीर लामा, नेपाल पत्रकार महासङघका प्रदेश कार्यबाहक अध्यक्ष लभदेभ ढुंगाना लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा महिला पत्रकारहरुको अवस्था, चुनौती र अवसरको विषयमा कान्तिपुरमा कार्यरत पत्रकार विद्या राईले प्रशिक्षण दिएकी थिइन् भने साईबर अपराध सम्बन्धि सचेतना तथा विद्युतिय कारोबार ऐनको विषयमा कोशी प्रदेश प्रहरी प्रमुख डिआईजी चन्द्रकुबेर खापुङले प्रशिक्षण दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्