मिल्स एरियाको गरिमा बढाउन चौथो संस्करणको ‘मिल्स गोल्डकप’ हुँदै

मिल्स एरियाको गरिमा बढाउन चौथो संस्करणको ‘मिल्स गोल्डकप’ हुँदै

विराटनगर । “मिल्स एरियाको ऐतिहासिक पहिचान गराआँै । अतितदेखि वर्तमानसम्म फुटबल खेलको गरीमा बढाऔ” भन्ने नारा सहित चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता हुन भएको छ ।


मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा यही बैसाख ७ गतेबाट प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको तयारी पूरा भएको आयोजकले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । प्रतियोगिताको उद्घाटन सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरी र नगर खेलकुद विकास समिति बर्दिवास महोत्तरीबीच हुने ट्रष्टका अध्यक्ष विष्णुं डंगोलले जानकारी दिनुभयो । प्रतियोगितामा प्रदेश स्तरीय ‘ए’ डिभिजनका ८ टिमको सहभागी हुदैछन् । खेल तालिका अनुसार समूह ‘ए’ मा एपीएफ, महोत्तरी, टिडबलूवाइसि विराटनगर, कनकाई स्पोटिङ्ग क्लब सुरुङ्गा झापा रहेको छ । यसैगरी समूह ‘बी’ मा पेमा युवा क्लब विराटनगर, फियर फुटबल क्लब धरान, कोशी प्रदेश प्रहरी कार्यालय रानी र गोलबजार स्पोर्टिङ क्लब सिराह रहेको छ ।

प्रतियोगिताको फाइनल वैशाख १५ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद २ लाख ११ हजार एक सय र उप विजेताले १ लाख ११ हजार १ सय रुपैयाँ पाउने खेल संयोजक मनोज खड्काले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न करिब १२ लाख ६८ हजार रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ । प्रतियोगिताको उत्कृष्ट ७ वटा विधामा पुरस्कार राखेको छ । प्रत्येक खेलको मेन अफ द म्याच हुने खेलाडीले ७ हजार रुपैयाँ पाउछन् । गत वर्ष झापा दमकको फुटबल एकेडेमी विजेता र गोलबजारको प्रतिभा क्लब उप विजेता भएको थियो ।

मिल्स एरियाको फुटबलको गरीमा र इतिहासलाई जर्गेना गर्ने उद्देश्यले २०७२ सालमा मिल्स गोल्डकप फुटबल ट्रष्टको स्थापना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्