विराटनगरमा ट्राफिक लाइट जडानका लागी प्राविधिक आह्वान तर कहाँ राख्ने अझै अन्यौल

विराटनगरमा ट्राफिक लाइट जडानका लागी प्राविधिक आह्वान तर कहाँ राख्ने अझै अन्यौल

विराटनगर । विराटनगर महानगरपालिकाले विभिन्न पाँच स्थानमा ट्राफिक लाइट जडानका लागी प्राविधिक आवहान गरेको छ । महानगरले ट्राफिक लाइट जडानका लागि गत चैत्र १९ गते प्राविधिक आवहान पत्र जारी गरेको हो ।

महानगरको आह्वान बमोजिम दुईवटा कम्पनी ई थ्रि यार्सा जे.भि काठमाण्डौ र थड फ्लोर कन्ट्रक्सन कम्पनी काठमाण्डौले बोलपत्र पेश गरेको महानगरले जनाएको छ । महानगरले ट्राफिक लाइट कुन–कुन स्थानमा जडान गर्ने हो भन्ने एकिन भइनसकेको शहरी विकास तथा योजना महाशाखाका ईन्जिनियर विनम दाहालले जानकारी दिए । प्राविधिक आवहानको छनोट कार्य पुरा भएपछि आर्थिक प्रस्तावको लागि बोलपत्र आहवान गर्ने तयारी रहेको उनले बताए । ट्राफिक लाइट जडानका लागि करिब ७७ लाख बजेट रहेको महानगरले जनाएको छ । विराटनगरको व्यस्त सडक छनौट गरी यही आर्थिक वर्ष भित्र नै लाईट जडानको कार्य सम्पन्न गर्ने उदेश्य महानगरको थियो । तर, अहिलेसम्म पनि ठाँउ छनौटको विषय अन्यौलमा नै छ ।

विगतका दिनहरुमा पनि ट्राफिक लाइटको योजना बनाएको ३ महिना भित्र आवश्यक स्थान छनौट गरी स्थलगत अनुगमनका लागि महानगरको टोलि र ट्राफिक प्रहरीले गरेका थिए । जसका लागि महानगरमा प्रमुख नागेश कोईरालाले समेत तोकिएको समयभित्र कार्य सम्पादन पुरा हुनेमा विश्वस्त राखेका थिए । तर, तोकिएको समयमा भने महानगरले काम सम्म गर्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्