विराटनगरको काली मन्दिर अब काली शक्तिपीठ मन्दिर नामाकरण

विराटनगरको काली मन्दिर अब काली शक्तिपीठ मन्दिर नामाकरण

विराटनगर । १९७० को दशकमा स्थपना भएको विराटनगरको काली मन्दिरको नामकरण परिवर्तन गरिएको छ । झन्डै सय बर्ष भन्दा अगाडी एउटा छहारी मुनि ढुङ्गा राखेर पुजापाठ गरी सुरु गरिएको मन्दिरलाई कालिमन्दिको रुपमा चिनिदै आएको थियो । कालिमन्दिर व्यावस्थापन समितिले राम नवमीको अवसरमा कालिमन्दिरको नाम काली शक्तिपीठ नामाकरण गरिएको छ ।


काली मन्दिर व्यावस्थापन समितिले चैते दशैँको अवसरमा श्रीमद् देवी भागवत नवाह महापुराण समेत लगाएको छ । महापुराणमा पण्डित श्री नारायण निरौलाले कथा वाचन गरेका थिए । विश्व शान्ति तथा राष्ट्र शान्तिको कामना सहित नवाह महापुराण लगाईएको श्री काली मन्दिर काली मन्दिर ब्यवस्थापन समितिकी अध्यक्ष डाक्टर मिनाक्षी नेपालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्