सभा, सम्मेलन नगर्न जिल्ला प्रशासन कार्यालय मोरङको आग्रह

सभा, सम्मेलन नगर्न जिल्ला प्रशासन कार्यालय मोरङको आग्रह

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा सभा, सम्मेलन नगर्न आग्रह गरेको छ ।

विराटनगर १५ र १७ नम्बर वडामा बुधबार दुईसमूह बीचको झडप भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।

‘जिल्ला सुरक्षा समितिमा छलफल भई मोरङ जिल्लाको शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर राखी सम्भावित मानवीय क्षति कम गर्न तथा सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न आज मिति २०८१।०१।०६ गते विहान १०ः०० बजे देखी अर्को आदेश नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालय मोरङसँग समन्वय नगरी राजनैतिक सभा, सामाजिक भेला, धार्मिक गतिविधि लगायत सबै प्रकारको र्याली, भेला, प्रदर्शन कार्यक्रम नगर्न/नगराउन हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना जारी गरिएको छ ।’ सहायक प्रमुख जिल्ला अधिकारी प्रदिपकुमार साहले जारी गरेको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्