रामनवमीको अवसरमा ईस्कोन मन्दिर विराटनगरको विविध कार्यक्रम

रामनवमीको अवसरमा ईस्कोन मन्दिर विराटनगरको विविध कार्यक्रम

विराटनगर । रामनवमीको अवसरमा ईस्कोन मन्दिर विराटनगरले विभिन्न कार्यक्रमको आयोजना गरी मनाएका छन् ।विराटनगर ट्राफिक चौकमा रहेको ईस्कोन मन्दिरले रामनवीका अवसरमा बुधवार साँझ भजन,कृतन ,नाटक लगायतका कार्यक्रम गरी मनाएका हुन् ।

मन्दिरमा आएका भक्तजनका अनुसार भगवानलाई ५६ भोग समेत चढाइएको थियो ।

रामनवमी विषेश दिन भएकाले विभिन्न परीकार बनाएर भगवानलाई भोग लगाउने गरेको भक्तजनहरुले बताए ।

रामायणको आधारमा नाटक समेत प्रदर्शन गरिएको थियो । नाटकमा राम भगवानको प्रतिक्षामा रहेकी भगवान रामका प्रिय भक्त साबरी र राम , लक्ष्मणको प्रत्यक्ष भएको भेटलाई देखाईएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्