खेलकुद विकास बोर्डका सदस्य सचिवले प्रशिक्षक विनोद मारिकलाई दुर्व्यवहार गरेको आरोप

खेलकुद विकास बोर्डका सदस्य सचिवले प्रशिक्षक विनोद मारिकलाई दुर्व्यवहार गरेको आरोप

विराटनगर । उसु खेलका प्रशिक्षक बिनोद मारिकलाई प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेले गाली गलौज गरी दुर्व्यवहार गरेको आरोप लगाएका छन् ।

मारिक अधिकृत तृतिय तहका प्रशिक्षक समेत हुन् । १५ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा उसु खेल प्रतियोगितामा १२ स्वर्णको प्रतिस्पर्धामा ८ स्वर्ण पदक विराटनगरले प्राप्त गर्न सफल भएको थियो ।

सोही विषयमा सदस्य सचिव वाग्लेलाई बुझ्न ईटहरी रंगशालामा प्रदेश खेलकुद विकास बोर्डको कार्यालयमा जाँदा जथाभावी गाली गलौज गरि दुर्व्यवहार गरेको आरोप लगाएका हुन् ।
विराटनगरबाट ८ जना प्रथम भएको र प्रशिक्षक को हो ? व्यवस्थापन के हो ? भन्ने जानकारी माग्दा वाग्लेले गाली गलौज गरेको उनले बताए ।
आफ्नो एकल निर्णयबाट प्रशिक्षक व्यवस्थापन नियुक्ति हुन्छ भन्दै वाग्लेले आफूलाई गई हाल, त अन्तराष्ट्र फटाहा, चोर , तेरो जागिर खाईदिन्छु जस्ता गाली गलौज गरेको उनले आरोप लगाए ।
खेलाडीको ठूलो संख्या माझमा गाली गलौज गरेको बताउदै उनले यसले आफ्नो प्रतिष्ठामा आँच आएको महसुस भएको उनको भनाई थियो ।
यता, उशु संघको सल्लाहाकार संगम चौधरीले सदस्य सचिवले आफू खुशी आफ्नो मान्छे सिफारिस गरेर खेलकुद विकासको नियम विपरित गएको बताए । उनले भ्रष्टाचार विरुद्धको समेत निवदेन पेस गरेको बताए ।
उनका अनुसार कानुनी प्रक्रिया समेत अगाडी बढको छ । जिल्ला प्रहरी कार्यालय मोरङले छलफलको लागि वाग्लेलाई बोलाएको भएपनि उनले ७ गते को समय माग गरेका छन् ।
यस्तै खेल संघसंस्थाले समेत राजीनामा माग गरेको राजवंशीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्