कटहरी गाँउपालिकामा करलाई वैज्ञानिक र व्यवहारिक बनाउनुपर्नेमा जोड

कटहरी गाँउपालिकामा करलाई वैज्ञानिक र व्यवहारिक बनाउनुपर्नेमा जोड

विराटनगर । सरकारले लगाउने कर वैज्ञानिक ढङ्गबाट समायोजन गरिनुपर्ने एक कार्यक्रममा सरोकारवालाहरुले जोड दिएका छन् । मोरङको कटहरी गाउँपालिकाले बिहीबार आयोजना गरेको राजस्व सम्भाव्यता अध्ययन परामर्श कार्यक्रममा सरोकारवाहरुले यस्तो बताएका हुन् ।

उनीहरुले प्रदेश र स्थानीय सरकारले वृद्धि गरेको करले सर्वसाधारण मारमा परेकोले करको दर नभई दायरा बढाउनुपर्ने बताए । करलाई वैज्ञानिक र व्यवहारिक बनाउनु पर्ने माग गरे । कार्यक्रममा बोल्दै कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले करको दायरा बढाउन सचेतनामुलक शिक्षा जरुरी रहेको बताए । कटहरी गाउँपालिका भित्र वैज्ञानिक र व्यवहारिक कर निर्धारण गरेर दायरालाई फराकिलो बनाएर अगाडी बढाउने उनले बताए । त्यसैको लागि राजस्व सम्भयाव्यता अध्ययन परामर्श कार्यक्रम राखिएको उनले बताए । कटहरी गाउँपालिका भित्र १ सय बढी ठूला साना उद्योग धन्दा रहेको जानकारी दिदै अध्यक्ष चौधरीले सबैलाई गाउँपालिकामा सुचिकृत गर्न आग्रह गरे ।


नेपाल उद्योग वाणिज्य महाससंघ कटहरी गाउँपालिका अध्यक्ष अरविन्द्र साहले कर तिर्दा जनताले गर्व गर्ने वातावरणमा मात्रै करको भ्याली हुने भन्दै कटहरीले व्यवहारिक कर लागू गर्नुपर्ने सुझाब दिए । कटहरी गाउँपालिकाले चालु आर्थिक वर्षमा ६ करोड ३२ लाख रुपैयाँ राजस्व संकलन गर्ने अनुमान गरेको छ । चैतसम्ममा करिब ३ करोड बढी राजस्व संकलन भएको कटहरी गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत मनोज कुमार साहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्