भिटामिन ए र जुकाको औषधी खुाउने अभियान आज पनि निरन्तर

भिटामिन ए र जुकाको औषधी खुाउने अभियान आज पनि निरन्तर

विराटनगर । बिहिबारदेखि सुरुभएको भिटामिन ए र जुकाको औषधी खुवाउने अभियान आजपनि निरन्तरता चलिरहेको छ ।
विराटनगर महानगरपालिकाको १९ वटै वडाका टोल टोलमा स्वास्थ्यकर्मीले बालबालिकालाई भिटामनि ए र जुकाको औषधी खुवाउने कार्यक्रमलाई निरन्तरता दिएका हुन् ।

बिहिबार भिटामिन ए र जुकाको औषधी खान छुटेका बालवालिकालाई आज अर्थात शुक्रबार स्वस्थ्य स्वयमसेविकाद्धारा घरघरमै पुगेर खुवाँइएको विराटनगर महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिलीप यादवले जनाकारी दिए ।

‘पहिलो दिन तोकिएको निश्चित ठाउँमा गएर बालवालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम गरीएको हो ।’ उनले भने,‘आज हिजो छुटेका बालवालिकालाई घरघरै गएर खुवाउने कार्यक्रम संचालन गरीएको छ ।’
आजको पनि कोहि बालवालिका भिटामिन ए र जुकाको औषधी खान छुटेको भए अन्य दिन स्वास्थ्य संस्थाबाट लिन सकिने उनले जनाकरी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्