विवाहमा सिटिसफारी दिएर ऋषिदेव समुदाय उदाहरणीय बन्दै

विवाहमा सिटिसफारी दिएर ऋषिदेव समुदाय उदाहरणीय बन्दै

रबिन्द्र बराल
रंगेली । मोरङको रंगेली नगरपालिका ९ स्थित बनकोलमा बसोवास गर्दे आएका पवन ऋषिदेव ले आफ्नो छोरीको विवाहमा दाईजो को रुपमा सिटिसफारी दिएर उदाहरणीय कार्य गरेकाछन् । पछिल्लो समयमा मंण्डल,साह,यादव,पासवान, ऋषिदेव लगायत अन्य समुदायमा रहेका छोरीहरुको विवाह निकै खर्चको व्यवस्था गर्नुपर्ने हुन्छ ।

आर्थिक नभएकै कारण उक्त समुदायका केही छोरी हरुको अहिलेसम्म पनि विवाह हुन सकेको छैन । उक्त समुदायमा छोरी को विवाह गर्नका लागी बेहुला लाई दाईजोको रुपमा १० बर्ष अगाडि साईकल दिने चलन रहेको थियोे । तर केही बर्ष यता देखि बेहुलाले दाईजो को रुपमा छोरीपक्षको आर्थिक अवस्था को कुनै ख्याल नै नगरि मोटरसाईकल माग गर्ने चलन दिन प्रतिदिन बड्दै गएको छ।

बेहुला को घरमा समेत साँझ विहान हातमुख जोडन समेत समस्या भएता पनि उनिहरुलाई दाईजोमा मोटरसाईक माग गर्ने नत्र विवाह नै नगर्ने चलन समेत बड्दै गईरहेको छ । रंगेली ९ बनकोल का पवन ऋषिदेवले आफ्नी छोरी कन्चन कुमारी ऋषिदेव को विवाह बिराटनगर ४ निवासी खार्जी बस्ने सुनिल कुमार ऋषिदेव संग ६ गते धुमधामका साथ गरिदिएका छन् ।

सो परिवारले दाईजोमा बेहुला पक्षले मोटरसाईकलको माग गरेतापनि पवनका परिवारले दाईजोमा सिटिसफारी दिएका हुन । पवनले भने मोटरसाइकल दिँदा त्यसमा लाग्ने ईन्धन , लाईन्सन र मर्मत खर्चको व्यवस्थापन गर्ने समस्या हुने र दुर्घटना हुदा शरिरमा समेत अङ्गभङ्ग भएमा छोरी को समेत पालनपोषणमा समस्या हुने भए पछि आफू हरुले सिटिसफारी दिएको पवनले बताए ।

सिटिसफारी दिदा आफ्नो पेसा गरेर छोरीको पालनपोषणमा कुनै समस्या नहुने भएपछि आफु हरु ले सिटिसफारी दिएको पवनले बताए । स्थानीय कुमार गौतमका अनुसार दाइजोको रूपमा मोटरसाइकल दिँदा पछिल्लो समय विकृति समेत भएको र उक्त मोटरसाइकल पाएपछि सवारी चालक हरुले समेत तीनजना चढाउने दुर्घटना गराउने भएका कारणले यो समुदायले यसरी उदाहरण काम गरेकोमा उनले सो परिवारलाई धन्यवाद दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्