नेपाली युवाले मोवाईलबाट नै फिचर फिल्म बनाए

नेपाली युवाले मोवाईलबाट नै फिचर फिल्म बनाए

विराटनगर । नेपाली युवाहरुको एक समूहले मोवाइलबाटै खिचेर फिचर फिल्म तयार गरेका छन्। वन स्क्वाड फिल्मसले निर्माण गरेको ’अ प्लेस अन्डर द सन’ नामक फिल्म आईफोन १४ प्रो म्याक्सबाट खिचिएको हो। यो फिल्म छायांकन गर्न फोनमा अतिरिक्त लेन्स प्रयोग गरिए पनि अन्य कुनै क्यामेरा भने प्रयोग गरिएको छैन ।


आईफोनबाटै फिल्म खिचिएको नेपालमा पहिलो पटक रहेको फिल्मको टिमले जनाएको छ । १ घण्टा ४५ मिनेट लामो फिल्मका निर्देशक जेसन लोप्चन हुन्। फिल्ममा मीन घलान, मीरा गुरुङ, अंशु शर्मा, विप्लप गौली, प्रजन पौडेल, रिदेन श्रेष्ठ र प्रवेश एम्सीको अभिनय रहेको छ। टिमका अनुसार अमेजन प्राइम भिडियो, एप्पल टिभी, पिकक आदि ओटीटीमा फिल्म रिलिज हुने तय भइसकेको छ । क्राइम ड्रामा जनरामा निर्माण भएको यस फिल्मको ट्रेलर आगामी जेठमा रिलिज हुने उक्त फिल्मका कलाकार प्रजन पौडेल जानकारी दिनुभयो । पौडेल विराटनगरवासी हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्