समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनुपर्छ : पूर्व मुख्यमन्त्री राई

समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनुपर्छ : पूर्व मुख्यमन्त्री राई

विराटनगर । कोशी प्रदेश सरकारमा सहभागी दल नेकपा (एकीकृत समाजवादी) कोशी प्रदेशसभा संसदीय दलका नेता एवम् पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले अल्पमतको सरकारले निरन्तरता पाउन नसक्ने बताएका छन् ।

दर्ता भएको संकल्प प्रस्ताब माथिको छलफलमा बोल्दै राईले अल्पमतको सरकारले निरन्तरता पाउन नसक्ने बताएका हुन् । सरकारमा सहभागी दल सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिइसकेको अवस्थामा ३० दिनभित्र मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिनुपर्ने निर्देशन दिनेगरी संविधानको धारा १६८ को उपधारा ५ बाट बनेको सरकार अजम्मरी नहुने उनको भनाई थियो । यो कुरा मुख्यमन्त्रीलाई सरकार बन्नेबित्तिकै आफुले जानकारी दिएको राईले बताए ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनैपर्ने उनको भनाई छ । तर, सरकार हट्दा पनि कानून सङ्गत र बस्दा पनि कानून सम्मत रूपमा प्रक्रिया पु¥याएर हुनुपर्ने भन्दै राईले मुख्यमन्त्रीलाई आजै राजीनामा देउ भनेर दबाब दिनु अनुचित हुने बताए । मुख्यमन्त्रीलाई ३० दिनभित्र विश्वासको मत लिन कसरत गर्न सुझाव दिए । ‘३० दिनभित्र विश्वासको मत लिन कोसिस गर्नुस्, सक्नुभएन भने मार्ग प्रशस्त गर्नुस् । उनले भने,‘मुद्दा मामिलातिर नलाग्नुस्’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्