विराटनगरको रवि शंकर स्कुलमा फरक शिक्षण पद्दती सुरु

विराटनगरको रवि शंकर स्कुलमा फरक शिक्षण पद्दती  सुरु

विराटनगर । विराटनगर–२ मा रहेको श्री, श्री रविशंकर विद्या मन्दिर विद्यालयले बालबालिकालाई गर्ने नियमित शिक्षण पद्दतीलाई सहज सिकाईमा रुपान्तरण गर्ने बताएको छ ।
विद्यार्थीलाई पढाई बोझ हो भन्ने भावनाबाट बाहिर निकालेर पढाई रमाईलो हो भन्ने शिक्षण विधी अवलम्बन गर्न थालिएको छ । विद्यालयकी प्रिन्सिपल तथा सिमा अग्रवालका अनुसार पढाईलाई भयरहित बनाउनुपर्नेमा पर्नेमा जोडदिनुभयो ।
विषयगत पाठ्यवस्तुमध्ये गणितलाई डरलाग्दो विषयको भयमा विद्यार्थीको मनोविज्ञानलाई कमजोर बनाउने गरिएको छ । ‘गणित संख्या हो, संख्याको नाम फरक सन्दर्भमा फरक तरिकाले दर्शाउन खोजिएको हुन्छ’ अग्रवालले भन्नुभयो –दैनिक प्रयोग गरिरहेको संख्या र पढाईको संख्या बारे उनीहरुलाई बुझाउन हामीले सक्नुपर्दछ ।
विद्यार्थीलाई वैदिक गणितद्वारा जोड, घटाउ, गुणन, भागा जटिल प्रश्नलाई सरल रुपमा कैलकुलेटर आदिको प्रयोग नगरी सजिलै हल गर्ने विधिका शुत्रहरु यस अघि नै प्रदान गरिएको छ ।
रविशंकर विद्या मन्दिरले केहीबर्षदेखि वैदिक गणित आफ्नो पाठ्यक्रममा सामेल गराउदै आएको छ । विभिन्न तरिकाहरु तथा सूत्रहरुको प्रयोग गरी अंकिय गणना गर्ने सरल तथा छिटो छरितो विधीबाट वैदिक म्याथमेटिक्स सम्बन्धी विद्यार्थीलाई परामर्स दिदै आएको छ । स्कुलले विद्यार्थीको वौद्धिक क्षमता अभिवृदी गराउन वेला वेलामा पढाईका अलवा अतिरित्त क्रियाकलाप गराउदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्