रोटरी क्लबद्वारा वितरण साइकल पाएपछि खुसीले भरिएका अनुहारहरु

रोटरी क्लबद्वारा वितरण साइकल पाएपछि खुसीले भरिएका अनुहारहरु

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विपन्न परिवार साथै अनाथ आश्रमका छात्रछात्रा लाई साइकल वितरण गरेको छ।

पल ह्यारीस डेकाे अवसरमा रोटरी क्लव अफ विराटनगर डाउनटाउनले ४० वटा साईकल वितरण शुक्रबार वितरण गरेको हो । विपन्न परिवार र अनाथ आश्रमका विद्यार्थीलाई विद्यालय जान सहज हुन्छ भन्ने उदेश्यले साइकल वितरण गरिएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकि सूचना अधकारी पूनम पण्डीतले बताइन् । विशेष गरी विपन्न परिवारका श्रम गर्ने र विद्यालय जाने लगायत अनाथ आश्रमका छात्रछात्रा लाई साईकल वितरण गरिएको उनको भनाई थियो ।

यस्तै विभिन्न विद्यालयका शिक्षकशिक्षिका लाई समेत क्लवले प्रशंसा पत्र वितरण गरेका थिए ।

साइकल पाएपछि खुसी
साइकल पाएपछि आफ्नो सन्तानसँगै आएका अभिभावक खुसी देखिन्थे । दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्नेहरूका लागि साइकल किने आफ्ना सन्तानलाई विद्यालय पठाउन सकसन नै थियो ।क्लब द्वारा साइकल हस्तान्तरण गरिएपछि केही राहत मिलेको उनीहरूको भनाई थियो ।
४५ वर्षीय सोना देवी ऋषिदेवको मुहारमा खुसीको छुट्टै रंग मगसुस गर्न सकिन्थ्यो ।

क्लब मार्फत छोरीले साईकल पाएपछि प्रतिक्रिया दिँदै उनले छोरी दिपिका ऋषिदेवलाई विद्यालय जान सहज भएको सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्