धरानलाई हराउँदै विराटनगर मिल्स गोल्डकप सेमिफाइनलमा

धरानलाई हराउँदै विराटनगर मिल्स गोल्डकप सेमिफाइनलमा

विराटनगर । चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा पेमा युवा क्लब विराटनगर सेमिफाइनलमा पुगेको छ ।

विराटनगर जुट मिलको खेल मैदनमा शनिबार भएको खेलमा फियर फुटबल क्लब धरान सुनसरीलाई २–० गोलले हराउँदै पेमा युवा क्लब विराटनगर सेमिफाइनमा पुगेको हो ।

जितसँगै विराटनगर फाइनल प्रवेशको लागि सोमबार अन्तिम क्वारफाइनल खेलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी र गोलबजार स्पोर्टिङ क्लब गोलबजार सिरहाको बिजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

जितको लागि विराटनगरको तर्फबाट बिजु भुजेल नायक भए । उनले टिमको जितको लागि व्यक्तिगत दुई गोल गरे । उनी खेलको म्यान अफ द म्याच घोषित भए । उनले नगद तीन हजार रुपैयाँ पाए ।

पहिलो हाफसम्म गोलरहित खेल बराबारी भयो । दोस्रो हाफदेखि विराटनगरले धरानललाई दबावमा राख्न सफल भयो । दोस्रो हाफको ४४ औं मिनेटमा बिजु भुजेलले गोल गरि टिमलाई अग्रता दिलाए । धरानका गोलकिपर प्रभात राई अगाडी बढेको मौकामा विराटनगरका बिजुले ३० यार्डदेखि गरेको प्रहारले जाली चुम्यो ।
विराटनरले अग्रता लिएको ७ मिनेट बित्न नपाउँदै बिजुले ६२ औं मिनेटमा व्यतिगत दोस्रो गोल गरी टिमको जित सुनिश्चत गरे । कमल खवासले कर्नर साइटबाट निकालेको पासलाई बिजुले आकर्षक गोलमा परिणत गरेका थिए ।
दुई गोल खाएपछि दबावमा परेको धरानले केही उत्कृष्ट अवसर खेर फाले । धरानका निर्मल लिम्बुले ६४ औं मिनेटमा गरेको कडा प्रहार बाहिरयो । त्यसलगतै धरानका कप्तान सुवास तामाङ्गले डिबक्स भित्रबाट गरेको प्रहार विराटनगरका गोलकिपर प्रमोजे गच्छदारले उत्कृष्ट बचाए । निश्चल लिम्बुले ७० औं मिनेटमा ३० यार्डबाट गरेको प्रहार बाहिरदा सान्तवना गोल फर्काउन अवसर पनि खेर फाले ।
प्रतियोगिताको आइतबारको खेल टिडबलू विराटनगर र कनकाइ स्पोर्टिङ क्लब सुरुङगा झापाबीच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्