विराटनगरका शिक्षाविद् सुधाकर ठाकुरको निधन

विराटनगरका शिक्षाविद् सुधाकर ठाकुरको निधन

विराटनगर । विराटनगरका शिक्षाविद् सुधाकर ठाकुर आफ्नो डिग्री (एम.एस्सी) ले चिनिने एम.एस्सी सरको ८५ वर्षको उमेरमा निधन भएको छ ।
२०८१ साल वैशाख ७ गते शुक्रबारका उपचारको क्रममा विराट मेडिकल शिक्षण अस्पतालमा निधन भएको हो ।
२०२३ सालमा बिहार विश्वविद्यालयमा वरिष्ठ प्राध्यापक पदको प्रस्तावलाई खारेज गर्दै विराटनगरस्थित मिल्स माध्यमिक विद्यालयमा शिक्षकको रुपमा आफ्नो शैक्षिक पेशाको सुरुवात गरेका थिए ।

५७ वर्षको शिक्षण क्षेत्रमा उनले शिक्षक, शिक्षण प्रशिक्षक, लेखक, समाजसेवी, शिक्षाविद् जस्ता विभिन्न भूमिकाको निर्वाह गरेका थिए। उनको यस्तै शैक्षिक योग्दानहरु मध्ये एक उल्लेखनीय योग्दान नेपाल सरकारको कक्षा १ देखी १० सम्मको गणित विषयको किताब पहिलो पटक नेपाली भाषामा लेखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्