झापा । झापाको शिवसताक्षी नगरपालिका-७ स्थितमा रहेको कन्काई सिचाई आयोजनाको नहरमा डुबेर बालिकाको मृत्यु भएको छ ।
शनिबार दिउँसो साढे ३ बजे स्थानीय राजबिर ऋषिदेवको १४ वर्षीया छोरी सन्जु ऋषिदेव नहरमा नुहाउन गएकोमा उनलाई दिउँसो ४ बजे नहरमा डुबेर मृत्यु भएको अवस्थामा स्थानीयले फेला पारेका थिए ।
घटनाबारे जानकारी पाउना साथ तत्काल घटनास्थलतर्फ इलाका प्रहरी कार्यालय शिवगञ्जबाट प्रहरीको टोली खटिएको थियो। भने इलाका प्रहरी कार्यालाय झिलझिलेबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धान तथा कानुनी प्रकृया पुरा गरी शवलाई पोष्टमार्टमको लागि दमक अस्पताल पठाएको थियो।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
फोटो:फाइल