साथीले लघुवित्त छिरायो, ‘नखाएको’ ऋणमा डुबायो

साथीले लघुवित्त छिरायो, ‘नखाएको’ ऋणमा डुबायो

विराटनगर । मोरङ बुढीगंगा गाउँपालिका–२ टंकीसिनवारीका जीतनारायण राजबंशी लघुवित्तको ‘नखाएको’ ऋणमा डुबिरहेको चिन्तामा छन् । मोवाइल मर्मत गर्ने सीप भएका उनी आफ्नो नामबाट साथीले लिएको ऋण बुझाउनु पर्ने दवावमा परेका हुन् ।

चारवर्ष अगाडी नेशनल माइक्रो फाइनान्सको शाखा कार्यालय कटहरीबाट मो.कलाम हुसेनले राजबंशीसहित पाँचजनाको समुह बनाएर पैसा लिएका थिए । विराटनगर रोडशेषमा यूनिक मोवाइल पसल कलामले सञ्चालन गर्दथे । होलसेल पसल रहेका हुसेनसँग जीतनारायणले कारोबार गर्ने क्रममा परिचय भएको थियोृ । त्यहि सिलसिलामा कलामले लघुवित्तका शाखा प्रमुखसँगको सेटिङमा पाँचजनाको समुह बनाए । जसमा विराटनगर–१२ का आकाशकुमार मेहतर, जहदाका किसन राजबंशीसहितलाई राखे ।

सिराहा गोलबजारका हुसेन र लघुवित्तका तत्कालिन शाखा प्रमुख विरेन्द्र यादव पुराना चिनजानका थिए । यादव समेत सिराहा कै थिए । शाखा प्रमुखकै योजना अनुसार हुसेनले पाँचजनाको समूह बनाएर दुईलाखका लागि पैसा झिकेर आफैं चलाउने चाँचो मिलाएका थिए । लघुवित्तले ऋण प्रवाह गर्दा नगद नै गर्दछन् । जसको फाइदा शाखाका प्रमुख यादव र हुसेनले लिएको आरोप छ । समुहमा रहेका पाँचजनाको नागरिकता, पान नम्बर र फोटो लिएर लघुवित्तबाट ऋण लिएको व्यक्तिको नाममा कागज तयार पारिएको थियो । तर, पैसा दिने बेलामा जसको नाममा कागज बन्यो उसैलाई नदिएर हुसेनले लिएका थिए । एउटाको नाममा बनेको कागजमा अर्को व्यक्तिले पैसा लिन नपाउने भएपनि तत्कालिन शाखा प्रमुखसँगको सेटिङमा काम भएको थियो ।

काठमाण्डौंमा केन्द्रीय कार्यालय रहेको नेशनल लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय मोरङ कटहरीमा छ । कटहरी शाखाका प्रमुख दुर्गाप्रसाद यादवका अनुसार ऋण असुल गर्नुपर्ने हुसेन सम्पर्कविहीन भएका छन् । फोन सम्पर्क गर्दा पनि उनले रिसिभ गर्ने गरेका छैनन् । रोडशेषको मोवाइल पसल बिक्री गरेर उनी गोलबजार फर्केका थिए । गोलबजारमा मोवाइल पसल सञ्चालन गर्दै आएका उनले अर्को लघुवित्तबाट लिएको ऋण उठाउन पसल नै जफत भएको बताइन्छ । उनी कसैको सम्पर्कमा नहुँदा त्यसको असर भने यता ऋण जारी भएका व्यक्तिहरुलाई परिरहेको छ ।

नलिएपनि लघुवित्तमा बुझाउनु पर्ने ऋण देखिएका आकाशकुमार मेहतरका अनुसार उनलाई पान नम्बर बनाउन हुसेनले नै लगाएका थिए । नयाँ पान नम्बर लिएर हुसेनसँग समुहमा बस्दा अहिले डुबेको मेहतरले बताए । उनका अनुसार लघुवित्तले कागजपत्र भएको व्यक्तिलाई नसोधी ऋण अर्को व्यक्तिको नाममा दिएकोले यो समस्या आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्