एसइई दिएर बसेका विद्यार्थीहरुलाई विराटनगरमा बास्केटबल सिक्ने मौका

एसइई दिएर बसेका विद्यार्थीहरुलाई विराटनगरमा बास्केटबल सिक्ने मौका

विराटनगर । कोशी प्रदेशमा लोकप्रिय बन्दै गईरहेको बास्केटबल खेल विराटनगरमा पनि जम्दै आएको छ। केही वर्ष देखी निरन्तर रुपमा बास्केटबल क्याम्प, क्लिनिक, ट्यालेन्ट हन्ट र अन्तर स्कुल/ कलेज प्रतियोगितामा उल्लेख्य मात्रामा विद्यार्थी र स्कुल,कलेज, क्लबको सहभागिता हुने गरेको छ।

विराटनगरमा सक्रिय रुपमा बास्केटबल गतिविधि गर्दै आएको विराटनगर बास्केटबल एकेडेमीले 'बिबिए एसइई बास्केटबल ट्यालेन्ट हन्ट २०२४' आयोजना गर्ने भएको छ।

एसइई परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरि आयोजना गरिएको ट्यालेन्ट हन्ट वैशाख ११ गतेदेखि असार ८ गतेसम्म हुने विराटनगर बास्केटबल एकेडेमीले जनाएको छ।

उक्त ट्यालेन्ट हन्टमा ३० जना सहभागी हुने कार्यक्रम संयोजक दिपेश कटवालले जानकारी दिए। कोवास कलेजको बास्केटबल कोर्टमा दुई महिनासम्म संचालन हुने ट्यालेन्ट हन्टमा सहभागी हुने २५०० रुपैयाँ शुल्क तिर्नु पर्ने आयोजकले जनाएको छ।

ट्रेनिङ्ग, टि-सर्ट,प्रमाण पत्र,सप्ताहिक पुरस्कर र उत्कृष्ट खेलाडीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्तिको अवसर रहेको संयोजक कटवाल बताए।

ट्यालेन्ट हन्टमा सहभागी हुन चाहने खेलाडीहरुले अनलाइन फारम भर्न सक्ने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्