मिल्स गोल्डकप : झापाको कनकाई सेमिफाइनलमा

मिल्स गोल्डकप : झापाको कनकाई सेमिफाइनलमा

विराटनगर । घरेलु टिम टिडब्ल्यु विराटनगरलाई हराउँदै झापाको कनकाई स्पोर्टिङ क्लब चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा पुगेको छ ।

विराटनगर जुटमिलको खेलमैदानमा आइतबार भएको खेलमा टिडब्ल्यु २-१ गोलले हराउँदै कनकाई स्पोर्टिङ क्लब सुरुङगा सेमिफाइनलमा पुगेको हो ।

जितसँगै कनकाइले फाइनल प्रवेशको लागि बुधबार हुने पहिलो सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) सँग खेल्नेछ ।

जितको लागि कनकाइका सन्दिप रसाइलीले दुई गोल गरे । उनी खेलको प्लयेर अफ द म्याच घोषित भए । टिडब्ल्युका आशिष राईले सान्तवना गोल फर्काए । खेलको अन्त्यमा टिडब्ल्युका खेलाडी समालिन नसक्दा हार व्यवहोर्यो ।

खेल सुरू भएको २७ औं मिनेटमा आशिषले डिबक्स भित्रबाट गोल गरी सुरुवाती अग्रता लिए । झापाका खेलाडीको खुट्टामा लागेर रिबाउन्ड भएको बललाई आषिकलले गोलमा परिणत गरे । टिडब्ल्युको अग्रता २७ मिनेट पनि टिक्न सकेन । दोस्रो हाफदेखि आक्रमक खेल पस्किदै ५० औं मिनेटमा कनकाइ स्पोर्टिङ क्लबका सन्दिप रसाइलीले गोल गरी खेल बराबारीमा ल्याए । खेल सकिन दुई मिनेट अगाडी कनकाइका खेलाडी श्याम मुर्मुलाई टिडब्ल्युका खेलाडीले डिबक्स भित्र फल खेलेपछि रेफ्री मदन काफ्लले पेलान्टी दिए । पेलान्टीमा कनकाइका सन्दिपले आकर्षक गोल गरि टिमको जित सुनिश्चत गरे ।

खेल सुरू भएको ९ औं मिनेटमा टिडब्ल्युका मनोज खड्काले डिबक्ब भित्रबाट गरेको कडा प्रहार कनकाइका गोलकिपर सन्तोष दनवारले पन्च गरेर बल बारमाथिबाट फालिदिए । त्यसलगतै ११ औं मिनेटमा कनकाइका श्याम मुर्मुको प्रहार टिडब्ल्युका गोलकिपर पूणर् च्याम्जुङले बिफल पारिदिए ।
४१ औं मिनेटमा कनकाइका श्यामले डिबक्स भित्रबाट गरेको प्रहार बाहिरयो । विराटनगरका खेलाडीले आधा दर्जन प्रहार गोल गर्न चुक्दा पहिलो खेलबाटै बाहिरियो ।

सोमबारको अन्तिम क्वारटफाइ खेल कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगर र पूर्व बिजेता गोलबजार स्पोर्टिङ क्लब गोलबजारबीच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्