कञ्चनबारी महोत्सवमा आज द एलिमेन्टस ब्याण्ड आउने

कञ्चनबारी महोत्सवमा आज द एलिमेन्टस ब्याण्ड आउने

विराटनगर । नेपालको चर्चित द एलिमेन्टस ब्याण्डले आज कञ्चनबारी औद्योगिक तथा व्यापार मेला महोत्सवमा प्रस्तुति दिने भएका छन् ।

साझा प्रयास नेपालको आयोजनमा चैत २५ गतेबाट जारी महोत्सवमा आज द एलिमेन्टस ब्याण्डले आफ्नो साङ्गीतिक प्रस्तुति दिने भएका हुन् ।

द एलिमेन्टस ब्याण्डले ‘अल्लारे’, बिर्सिने हाउ की, तसैला हिडे म, पुतली, सपनाको मायालु,उपहार,उर्जा लगायतका गीतहरु चर्चित छन् ।

द एलिमेन्ट्स ब्याण्डले वास्तविक जीवनका कथाहरू बताउने उनीहरूको सम्बन्धित संगीत गीतहरूले युवा पुस्ताको ध्यान तान्ने गरेको छ । उनीहरुको संगीतका प्याटनलाई धेरैलाई मन पराउने गरेका छन्।

साँझ ६ बजेदेखि सुरु हुने साङ्गीतिक कार्यक्रममा द एलिमेन्ट्स ब्याण्डसँगै स्थानीय कलाकार र समूहको प्रस्तुति रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्