विराटनगरमा विद्यालय भर्ना अभियान वैशाखभरी

विराटनगरमा विद्यालय भर्ना अभियान वैशाखभरी

विराटनगर । शैक्षिक हवले चिनिएको विराटनगर महानगरपालिका आसपासका सामुदायिक विद्यालयहरुमा भर्ना अभियान जारी नै छ।

विराटनगर महानगरपालिकाले नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान वैशाख ९ गतेसम्मका लागि तोकिएको थियो ।

तर, सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने संकल्पका साथ सुरु भएको भर्ना अभियानमा कुनै पनि बालबालिका नछुटुन भन्ने उदेश्यले अभियान वैशाखभर चल्ने विराटनगर महानगरपालिकाका शिक्षा महाशाखाले जनाएको छ ।

यस्तै, महानगर आसपासका विद्यालयमा आवश्यक नयाँ पाठ्यपुस्तक पुगिसकेको समते महानगरले जनाएको छ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्