राष्ट्रिय आविष्कार केन्द्रले उत्पादन गरेको चौध खाद्यवस्तु मिश्रित सातुसहितका खाद्यवस्तु विराटनगर बजारमा

राष्ट्रिय आविष्कार केन्द्रले उत्पादन गरेको चौध खाद्यवस्तु मिश्रित सातुसहितका खाद्यवस्तु विराटनगर बजारमा

इन्दु साह
विराटनगर । राष्ट्रिय आविष्कार केन्द्रले अनुसन्धान गरेर बनाएको खाद्य वस्तुहरु बिक्रीका लागि स्वीकृती पाएको छ । अनुसन्धान केन्द्रले उत्पादन गरेका खाद्यवस्तु उपभोक्तासम्म लैजानका लागि खाद्य विभागले अनुमति दिइएको हो ।

अनुसन्धान केन्द्रले १४ वटा खानेकुरा मिसाएको सातु, अमला क्यान्डी, जौको सातु, अदुवा क्यान्डी, लप्सी क्यान्डी लगायतका खाद्य वस्तु उत्पादन गरेर बजारमा ल्याएको छ । बिक्रीका लागि खाद्य विभागको परीक्षण प्रयोगशालाबाट मान्यता पाएसँगै बजारमा पठाइएको हो । अनुसन्धान केन्द्रले कल्प प्रोडक्सन कम्पनीमार्फत वस्तु उत्पादन गराएको हो ।

यी खाद्य वस्तुमा कुनै पनि केमिकल नमिसाएको राष्ट्रिय आविष्कार केन्द्र खाद्य विभागकी अधिकारी बिष्णु राइले जानकारी दिइन् । यस्तो परिकारको खाद्य वस्तुको उत्पादनले मानव शरीरलाई लाभ हुने र रोग प्रतिरोधात्मक शक्ति प्रदान गर्ने दावी छ । राईका अनुसार खाद्य विभागको अनुमतिसँगै उत्पादन भएका वस्तु देशैभरी बिक्रीका लागि खुल्ला गरिएको हो ।

उत्पादन भएका वस्तुहरु अहिले अनलाईनमार्फत माग गर्न सकिनेछ । विराटनगरमा समेत यी उत्पादनहरु अनलाइनमार्फत खरिद गर्ने गरिएको छ । उत्पादित वस्तुमा कुनै शंका नगर्न र कुनै कैफियत जस्तो लागेमा केन्द्रमै जानकारी गराउन सकिने सुविधा समेत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्