विराटनगरमा बिहानैदेखी मापसे गरेर सिटी चलाउछन् चालक

विराटनगरमा बिहानैदेखी मापसे गरेर सिटी चलाउछन् चालक

प्रेम देवान
विराटनगर । विराटनगरका अधिकास सिटीका चालकहरुले बिहानैदेखी मादक पदार्थ सेवान गरेर सफारी चलाउने गरेको भेटिएको छ । बिहान र दिउँसोको समयमा ट्राफिक प्रहरीले मापसे चेकजाँच गर्दैन भन्ने मौकाको रुपमा मदिरा खाने गरेको भेटिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयकोे तथ्याङ्गकमा पनि विहानैदेखी मादक पदार्थ सेवन गरी सिटी सफारी चलाउनेलाई कारबाहीको दायरामा ल्याएकोे धेरै उदाहरण छन् । मोरङ जिल्लाको विभिन्न ट्राफिक विटहरुमा मादक पदार्थ सेवन गरी सिटी सफारी चलाउनेलाई कानुनी कारबाही गरी जरिवाना तिराउनेदेखी कागजपत्र जफत गरी सम्झाई बुझाई चेतनामुलक कार्यक्रमहरु पनि गर्दै आएको छ । पछिल्लो एक महिना यता एक दर्जन भन्दा बढी सिटी सफारी चालककले मादक पदार्थ सेवन गरेर चलाउनेलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङका प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिनुभयो । पछिल्लो समय सिटी सफारी चालकहरुले विहानैदेखी सिटी चलाएर यात्रुहरुलाई समेत दुख दिने गरेको विराटनगर ५ की मिना खनालले बताईन् ।

सिटी चालकहरु टाढैदेखी नै ढुङढुङती र ह्वास्यै रक्सी पिएको थाहा हुन्छ,खनालले प्रत्यक्ष भोगेको आफ्नो अनुभव सुनाईन् । विराटनगर १२ का सिटी सफारी चालक विनय कामत भन्छन् – अहिले अति नै हुन थालेको छ सिटी चालकहरुले विहानैदेखी मादक पदार्थ सेवन गर्ने गरेका छन् । मापसे गरेर अत्यधिक तीव्र गतिमा चलाउने र सवारी दुर्घटनामा पनि परेको धेरै उदाहरण भेटिएको छ ।

हुन त अहिले विराटनगरको सबैभन्दा ठुलो चुनौती भनेको अत्याधिक सिटी सफारीका कारण ट्राफिक व्यवस्थापनमा समस्या आउनु हो । विराटनगरमा अहिले झन्डै ५ हजारदेखी ६ हजारको हाराहारीमा पुनारा तथा नयाँ सिटी सफारी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको अनुमान छ । विराटनगरको साघुरो सडक अनि क्षमताभन्दा बढी सिटी सफारीको कारण अहिले मुख्य चुनौती थपिएको छ । त्यसमाथी दिउसै मापसे गरेर सिटी सफारी कुदाउदा दैनिक जसो सवारी दुर्घटनाका संख्या पनि बढीरहेको छ । यता जिल्ला ट्राफिक प्रहरीले अब दैनिक जसो बिहान,दिउँसो, बेलुका सिटी सफारी चालकहरुलाई मापसे चेकजाँच गर्ने भएको छ । सोमबार मात्रै कंचनबारीमा रहेको ट्राफिक विटले ४ दर्जन भन्दा बढी सिटी सफारी चालकहरुलाई मापसे चेकजाँच गरेको छ। त्यसैगरी रानी ट्राफिक विटका ईन्र्चाज राजकुमार बस्नेतको पहलमा मंगलबार दिउसो मापसे जेकजाँच गरिएको छ ।

मोरङ जिल्लाको विभिन्न ईलाका लगायत भित्र सडक खण्डहरुमा मापसे चेकिङ अभियानलाई तिव्रता दिईने मोरङका ट्राफिक प्रमुख सुमन न्यौपानेले बताउनुभयो । ‘आमसर्वसाधरणको चर्को जनगुनासो आएको छ,‘अब हामी विराटनगर लगायत आसपासका क्षेत्रमा बिहानैदेखी बेलुकी रातीसम्म नै मापसे चेकलाई निरन्तरता दिनेछौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्