विराटनगरका खाल्डा खुल्डी पुर्दै ‘दर्शन नेपाल नि:शुल्क अभियान’

विराटनगरका खाल्डा खुल्डी पुर्दै ‘दर्शन नेपाल नि:शुल्क अभियान’

विराटनगर । विभिन्न सामाजिक सेवाको काम गर्दै आएको विराटनगरको ‘दर्शन नेपाल नि:शुल्क अभियान’ले सडकमा अलपत्र छाडिएका खाल्डा खुल्डी पुर्ने अभियान थालेको छ ।

नि:शुल्क अभियानले मंगलबार महेन्द्र मोरङ क्याम्पस आगाडी रहेको सडकका खाल्डाखुल्डी पुरेको छ ।

सडकमा सवारी साधन आउजाउ गर्न समस्या देखेपछि कसैले मर्मत तथा संम्भारमा ध्यान नदिएपछि आफुहरुले भत्किएका ठाउँहरुमा सिमेन्ट,गिटी, बालुवा लगाएर पुरेको निशुल्क अभियानका अध्यक्ष दिपक ढकालले जानकारी दिए ।

भत्किएका सडकका खाल्डाखुल्डीको विषयमा सम्बन्धित वडा कार्यलयलाई जानकारी गराउदा पनि चासो नदिएपछि आफुहरुको टिमले खाल्डाखुल्डी पुर्न अभियानलाई अगाडी सारेको अध्यक्ष ढकालले बताए । दर्शन नेपाल नि:शुल्क अभियानले यस अघि विराटनगर लगायत आसपासका छिमेकी गाउँपालीकाहरुमा नि:शुल्क शव बहानको व्यवस्था , बरगाछी मलाय रोडको सडक खण्डका डिभाईडरमा रोपिएका विरुवामा पानी हाल्ने , बिरामी तथा घाईतेहरुलाई अस्पताल सम्म नि"शुल्क पुर्याउने ,जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति जस्ता सामाजिक कार्यहरु गर्दै आएको नि:शुल्क अभियानका सचिव रवि ठाकुरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्