विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवनको ३५ प्रतिशत काम सम्पन्न

विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवनको ३५ प्रतिशत काम सम्पन्न

विराटनगर । विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण कार्य भइरहेको छ । ३५ प्रतिशतले निर्माण कार्य सम्पन्न भइसकेको इन्जिनियर सन्जिव खड्काले जानकारी दिए ।

२ अर्ब ४२ करोड रुपैयाँ लागतमा अत्याधुनिक टर्मिनल भवन निर्माण हुन लागेको हो । इन्जिनियर खड्काका अनुसार अत्याधुनिक टर्मिनल भवनको काम २०८२ मसिंरसम्ममा सम्पन्न गरिनेछ । २०७९ फागुन १ गते तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शिलान्यास गरेका थिए।

१६ हजार २७७ वर्ग मिटरको टर्मिनल भवन आन्तरिकतर्फ देशकै ठूलो बन्ने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले शिलान्यास कार्यक्रममा बोल्दै जानकारी दिएका थिए । भवन निर्माणको काम तिव्रगतिमा भइरहेको र यही अनुसार काम भए लक्ष्य अनुसार निर्माण कार्य सम्पन्न हुने इन्जिनियर खड्काको दाबी छ ।

विमानस्थलको धावन मार्ग विस्तारका लागि यसअघि जग्गा अधिग्रहण गर्ने प्रक्रिया सुरु भएको थियो । तर बजेट अभावमा अधिग्रहण गर्ने भनिएको जग्गाको रोक्का फुकुवा भयो । विमानस्थल विस्तारको योजना तत्काल अघि नबढेपनि टर्मिनल भवन भने निर्माण गर्न लागिएको हो ।
तीन वर्षभित्र टर्मिनल भवन निर्माण ठेक्का केसी डाफे जेभीले लिएको छ ।

यसअघि २०२५ सालमा विराटनगर विमानस्थलको टर्मिनल भवन निर्माण भएको थियो । पुरानो टर्मिनल भवन भएको स्थानमा भने पार्किङ स्थल बनाउने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्