भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

<span class='c1'>भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार</span> <span class='c2'>प्रतिवादी १७ वर्षपछि पक्राउ</span>

भोजपुर । भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेका छन् ।

विसं २०६३ कात्तिकमा भोजपुर भैँसीपङ्खाका निमा दावा शेर्पाको हत्या गरेको अभियोगमा ६० वर्र्षीय चन्द्रबहादुर तामाङलाई प्रहरीले मङ्गलबार धरानबाट पक्राउ गरेको हो ।

प्रतिवादी तामाङविरुद्ध जिल्ला अदालत भोजपुरबाट २०८० भदौ महिनामा पक्राउ पुर्जी जारी भएको थियो । खोजी गर्ने क्रममा २०८१ वैशाख ११ गते पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख सुदीपराज पाठकले जानकारी दिनुभयो ।

पक्राउ परेका तामाङलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्