विराटनगरमा विश्व टेबल टेनिस दिवस मनाइयो

विराटनगरमा विश्व टेबल टेनिस दिवस मनाइयो

विराटनगर । विश्व टेबल टेनिस दिवस-२०२४ को अवसरमा विराटनगर टेबल टेनिस क्लबले विभिन्न विधातर्फ एक दिने खुल्ला टेबल टेनिस प्रतियोगीता गर्दै मनाएको छ।

विराटनगर-३ स्थित स्टेलर टेबल टेनिस ट्रेनिङ सेन्टरको कभर्ड हलमा आयोजना भएको सो कार्यक्रममा ब्वाइज सिङल्स, गर्ल्स सिङल्स, शारीरिक असक्षमतालक्षित पारा वुमेन्स सिङल्स, बहिरा खेलाडीलक्षित ब्वाइज सिङल्स, बौद्धिक असक्षमतालक्षित स्पेसल टेबल टेनिस ब्वाइज सिङल्स, भेट्रान सिङल्स र डबल्स गरि जम्मा ७ ओटा विधातर्फ प्रतिस्पर्धा भएको आयोजकले जनाएको छ।

ब्वाइज सिङल्सतर्फ सुशान्त मेहताले रुपेश श्रेष्ठलाई ७-११, ११-६, ११-९, ११-८ सेट स्कोरले पराजित गर्दै प्रथम स्थान प्राप्त गर्न सफल भएका थिए । सोही इभेन्टमा श्रीजल प्याकुरेल र यथार्थ आचार्य तृतीय भए ।

गर्ल्स सिङल्सतर्फ सुशान्त आर्नवी भट्टराईले रुपेश सुधा पोखरेललाई ११-७, ९-११, १०-१२, १२-१०, ११-२ सेट स्कोरले पराजित गर्दै प्रथम स्थान प्राप्त गर्न सफल भइन । सोही इभेन्टमा सोनम खातुन र टोनिश्मा पोखरेल तृतीय भए ।

पारा वुमेन्स सिङल्सतर्फ पुनम राजवंशीले अनिता रिसाललाई ११-९, ११-६, ११-९ को सोझो सेट स्कोरले पराजित गर्दै प्रथम स्थान प्राप्त गरिन् । सोही इभेन्टमा श्रेयाना चौधरी तृतीय भइन ।

बहिरा खेलाडीहरुको ब्वाइज सिङल्सतर्फ रिजन पोखरेलले जीवन ढकाललाई ११-५, ११-७, ११-७ सेट स्कोरले पराजित गर्दै प्रथम स्थान प्राप्त गर्न सफल भएका थिए । सोही इभेन्टमा अंशु यादव र आशिष सापकोटा तृतीय भए ।

स्पेसल टेबल टेनिस ब्वाइज सिङल्सयर्फ इशान काबरा प्रथम, काव्या राजवंशी द्वितीय र निरब निरौला तृतीय भए ।

भेट्रान डबल्स्तर्फ बिकेन थापा र मुकेश मेहताको जोडी प्रथम, अभिषेक साह र उपकार श्रेष्ठको जोडी द्वितीय, राजेश भट्टराई र सन्तोष प्रधान अनि परितोष गिरी र सरोज पौडेलको जोडी संयुक्त रुपमा तृतीय भए ।

भेट्रान सिङल्सतर्फ सरोज पौडेलले महेश अटललाई १२-१०, ११-४, ३-११, ११-८ सेट स्कोरले पराजित गर्दै प्रथम हुन सफल भए । सोही इभेन्टमा अमित कुमार बोथरा र संतोष यादव तृतीय भए ।

विजयी खेलाडीहरुलाई अखिल नेपाल टेबल टेनिस संघका केन्द्रीय सदस्य अनुज बाँनिया, विराटनगर टेबल टेनिस क्लबका अध्यक्ष बिकेन थापा, इटहरी टेबल टेनिस एकेडमीका अध्यक्ष राजेश भट्टराई, रोटरी ज्लब अफ विराटनगर फ्युजनका अध्यक्ष विकास राठी, प्रेसिडेन्ट इलेक्ट विवेक अग्रवाल र बेबी आइसक्रीमका प्रोप्राइटर मुकेश मेहता लगायतले पुरस्कार वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्