पुजारी दम्पतीलाई नियन्त्रणमा लिई लुटपाट गर्नेहरु अझै पत्ता लागेन

पुजारी दम्पतीलाई  नियन्त्रणमा लिई लुटपाट गर्नेहरु अझै पत्ता लागेन

विराटनगर । विराटनगरको खाकी बाबा मन्दिरका पुजारी नियन्त्रणमा लिएर लुटपाट गरिएको घटनामा संलग्नलाई अझै प्रहरीले पत्ता लगाउन सकेको छैन ।

विराटनगर- १३ स्थित खाकी बाबाद्वारा स्थापित रामजानकी मन्दिरका पुजारीको घरमा चैत ३० गते अज्ञात समूहले हतियार देखाई लुटपाट गरेका थिए।
सोही घटनामा संलग्नलाई प्रहरीले अझै पत्ता लगाउन सकेको छैन । मन्दिरका पुजारी ८८ वर्षीय भवनाथ कोइराला र उनकी श्रीमती दिल कुमारी कोइरालाको घरमा अज्ञात व्यक्त्तिले हतियार देखाई लुटपाट गरेका थिए ।

अहिलेसम्म विभिन्न १० जना भन्दा बढी शंकास्पद व्यक्तिलाई निगरानी गरी अनुसन्धान गरेको भएपनि कुनै उपलब्धि नभएको प्रहरी स्रोतले जनाएको छ ।
उक्त घटना घटेको भोलि पल्ट विराटनगर महानगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष तथा मन्दिरको समिति अध्यक्ष सुर्यलाल यादवले प्रहरीलाई जानकारी गराएका थिए । चैत ३० गते शुक्रबार राति ११ बजे दुई जना व्यक्तिले दुई लाख रकम र आधा तोला सुन चोरी गरेका थिए ।

उक्त घटना बारे थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्