विराटनगरको सिंहासन रेष्ट्रोमा ‘म्युजिक फेस्टिबल’ हुने

विराटनगरको सिंहासन रेष्ट्रोमा ‘म्युजिक फेस्टिबल’ हुने

विराटनगर । विराटनगर-४ एयरपोर्ट रोडमा रहेको सिंहासन रेष्ट्रोमा म्युजिक फेस्टिबल हुने भएको छ।

सिंहासनको पार्किङ्ग ग्राउण्डमा वैशाख १४,१५ र १६ गते साँझ ५ बजेदेखि राती ९ बजेसम्म'सिंहासन म्युजिक फेस्टिबल' हुने भएको हो।

उक्त म्युजिक फेस्टिबलमा वैशाख १४ गते प्रजिना र रकेट व्याण्डले आफ्नो प्रस्तुती दिने छन्। भने वैशाख १५ गते शनिबारको दिन समिर श्रेष्ठ र द व्याण्ड र वैशाख १६ गते जोन चाम्लिङ्ग राई र द लोकल्स व्याण्डले आफ्नो प्रस्तुती दिने सिंहासन रेष्ट्रोका संचालक पियुष रायमाझीले जानकारी दिए।

पहिलो दिनको टिकटदर ३०० रुपैयाँ,दोस्रो दिन ४०० रुपैयाँ र अन्तिम दिन ५०० रुपैयाँ टिकट मूल्य तोकिएको छ। भने कम्बो टिकट खरिद गर्नेलाई १ हजार रुपैयाँ मूल्य तोकेको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्