कक्षा १२ को परीक्षा आजदेखि सुरु

कक्षा १२ को परीक्षा आजदेखि सुरु

काठमाडौं । कक्षा–१२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले देशभर सञ्चालन गर्ने परीक्षा विहान ८ बजेदेखि ११ सम्म सञ्चालन हुनेछ । देशभरका ५ हजार ५४२ वटा विद्यालयका विद्यार्थीहरू यो परीक्षामा सामेल हुदैछन् ।

यसवर्ष देशभरबाट नियमिततर्फ १ लाख ९६ हजार ९१४ छात्रा र १ लाख ९३ हजार ९३३ छात्र गरी ३ लाख ९० हजार ८४७ जना परीक्षार्थीहरू परीक्षामा सामेल हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए । ग्रेड वृद्धितर्फ १ लाख ६५० परीक्षार्थी सहभागी हुदैछन् । परीक्षाका लागि बोर्डले देशभर १ हजार ५२५ वटा परीक्षा केन्द्र निर्धारण गरेको छ । सबैभन्दा बढी काठमाडौँमा १४४ र मनाङ÷मुस्ताङमा एक/एक वटा परीक्षा केन्द्र तोकिएका छन्। परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी ३४ हजार १७१ जनशक्ति र १८ हजार तीन सय प्रहरी परिचालन गरिएको बोर्डका अध्यक्ष शर्माले बताए ।

परीक्षा वैशाख २६ गते सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्