शिक्षादीप कलेजमा जलवायु सम्मेलन, नेपाल पनि जलवायुको परिवर्तनको चपेटामा

शिक्षादीप कलेजमा जलवायु सम्मेलन, नेपाल पनि जलवायुको परिवर्तनको चपेटामा

विराटनगर । विराटनगरको शिक्षादीप कलेजमा एक दिवसीय जलवायु सम्मेलन सम्पन्न भएको छ । जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगि रहिएको वर्तमान सन्दर्भमा कलेजले जलवायु सम्मेलन गरेको हो ।


उक्त सम्मेलनमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) की सह–प्राज्ञ डा.इन्द्रमणि भगतले सहभागीहरुको प्रस्तुतिकरणले वातावरण प्रदूषणका विश्वव्यापीका खास मुद्दाहरुको चर्चा गरे । नेपाल पनि जलवायुको परिवर्तनको चपेटामा परेको र हिजो–आजको जस्तो गर्मी तथा यस्ता धेरै असन्तुलनहरुका साथै जोखिमहरु सहनुपरेको उनले बताइन् ।
सह–प्राज्ञ डा.भगतले सानो प्रयास सबैले गरेमा जलवायुमा नियमितता ल्याउन सकिने भएको हुँदा शिक्षादीपको यो प्रयासको प्रसंशा गरिन् ।
कलेजमा जीव विज्ञान मूल विषय लिएर अध्ययन गरिरहेका विद्यार्थीहरुले वातावरण प्रदूषण र जलवायु परिवर्तनका सवालहरु खोजी गरेर त्यसका कारण,असर र समाधानका उपायसमेत उल्लेख गरी समूहगत रुपमा प्रस्तुती गरेका थिए ।


आठ वटा समूहका ३५ जना प्रस्तोताले फरक विषयहरुमा खोज अनुसन्धान गरी अढाई सय जना सहभागीहरुकावीचमा प्रतिवेदन प्रस्तुत गरेका हुन् । उनीहरुले मिचाहा प्रजातिका जीवहरुले नेपालको इकोसिष्टम र जनजीवनमा पारेको प्रभाव, विश्वव्यापी तापमान वृद्धि, अम्लीय वर्षा, छिटो परिवर्तन भइरहने फेशन तथा खेर जाने खानेकुरालाई वातावरणीय समस्याको रुपमा व्याख्या गरेर जानकारी दिएका थिए । साथै प्लाष्टिक प्रदुषण, ओजोन तह विनाश, जैविक विविधताको क्षयीकरणजस्ता विषयवस्तुसँग सम्बन्धित तथ्यहरु समेटेका थिए ।

सम्मेलनमा बोल्दै कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले विद्यार्थीहरु किताबी ज्ञानमा मात्र सीमित नभई खोज अनुसन्धान गर्न सक्ने भएको दाबी गरे । ‘हामीले विद्यार्थीहरुलाई उनीहरुको चाहना र मनोविज्ञान अनुसार अनुसन्धान तथा आविष्कार गर्ने वातावरण निर्माण गरेका छौँ । हामी विश्वास गर्छौ आज हामीले यहाँ गरेको यो सानो प्रयासले सिंगो पृथ्वीको वातावरण संरक्षणमा ठूलो योगदान दिएको पुष्टि हुनेछ,’ उनले भने, ‘यी विद्यार्थीको दिमागमा वातावरण संरक्षण गनुपर्छ भन्ने सन्देश घुसाउन सक्दा मात्र भविष्यको वातावरण स्वच्छ हुने हो, तसर्थ हामीले यो प्रयास गरेका हौँ ।’


प्रिन्सिपल खड्काले शिक्षादीपले यस्ता अतिरिक्त क्रियाकलाप एक सालमा एक दर्जनभन्दा बढी आयोजना गर्दै आएको उनले बताए । ‘स्मल एक्ट, विग इम्प्याक्ट’ मूल नाराका साथ आयोजित सो सम्मेलनमा वनस्पति विज्ञहरु डा.ललितनारायण मण्डर, एलिजा आचार्य लगायतले बोलेका थिए ।
कलेजका अध्यक्ष तथा प्रदेश संसद भीम पराजुली, सहप्राध्यापक शैलेन्द्र शिवाकोटी, कलेजका चिफ डाइरेक्टर रमेशकुमार मण्डल, संयोजकहरु नवीनकुमार राय र शंकर भट्टराई र अरु डाइरेक्टरहरुकोे उपस्थिति रहेको थियो ।
शिक्षादीपकलेजले गतवर्षदेखि जलवायु सम्मेलन आयोजनागर्दै आइरहेको र यसलाई निरन्तरता दिँदै लगिने सम्मेलनका कन्भेनर रामचन्द्र अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्