विराटनगरमा नेवा महोत्सव : एकै ठाउँमा थरी–थरीका परिकार

विराटनगरमा नेवा महोत्सव : एकै ठाउँमा थरी–थरीका परिकार

विराटनगर । विराटनगरस्थित झीः पुचमा नेवा : त : मुँज्या र चौथो नेवा : महोत्सव सुरु भएको छ ।

नेपाल भाषा तथा सांस्कृतिक सङ्घ (झी पुचः) को आयोजनामा शुक्रबारदेखि नेवा: तः मुँज्या र चौथो नेवा : महोत्सव सुरु भएको हो । विराटनगर १० स्थित बङ्गलामुखी मार्गमा रहको झी पुचः मार्गमा आज शनिबारराती सम्म संचालन हुने उक्त महोत्सवमा दुई दिने तमुज्याँ कार्यक्रम पनि गरिएको छ । महोत्सवको उद्घाटन उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेश प्रसाद राजभण्डारीले गरेका थिए ।

दुई दिनसम्म संचालन हुने महोत्सवमा कोशी प्रदेश भित्रका प्राज्ञिक बुद्धिजीवी विज्ञ एवम् नेवाः सङ्घ संस्थाका प्रतिनिधिहरूको भेला गरी भाषा संस्कृतिको संरक्षण, प्रवर्द्धन र संवर्द्धनको लागि समसामयिक विषयमा छलफल अन्तरक्रिया गरिने झी : पुचका अध्यक्ष भविश श्रेष्ठले जानकारी दिए । महोत्सवमा विभिन्न नेवाः तथा अन्य जातीय परिकारका फुड स्टल, स्वदेशी हस्तकलाका स्टल रहेको छ । महोत्सवमा सांस्कृतिक कार्यक्रम समेत भईरहेको छ ।

नेपाल भाषा तथा सांस्कृतिक सङ्घले सामूहिक गाईजात्रा, व्रतबन्ध, बेल विवाह, शंख्वधन साख्वा स्मारक तथा मार्ग निर्माण, लाखे नाच, झी पुचः जातीय सङ्ग्रहालय स्थापना सहितको सांस्कृतिक कार्य गर्दै आएको सङ्घका महासचिव सुभाष अमात्यले जानकारी दिए । हरेक वर्ष नेवाः नेवा महोत्सव गर्दै आएकोमा यो वर्ष चौथो महोत्सव हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्