टी-२० मैत्रीपूर्ण श्रृङ्खला : वेस्टइन्डिज ‘ए’ विरुद्ध दोस्रो जितको लक्ष्यमा नेपाल

टी-२० मैत्रीपूर्ण श्रृङ्खला : वेस्टइन्डिज ‘ए’ विरुद्ध दोस्रो जितको लक्ष्यमा नेपाल

काठमाडौं । नेपालले आज टी-२० श्रृङ्खला अन्तर्गतको दोस्रो खेल वेस्टइन्डिज ए सँग खेल्दैछ । खेल दिउँसो सवा बाह्र बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ ।

शनिबार भएको पहिलो खेलमा नेपालले वेस्टइन्डिजलाई ४ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । २०५ रनको लक्ष्य पछ्याएको नेपालले ६ विकेट गुमाएर २ बल बाँकी छँदै लक्ष्य पूरा गरेको थियो । जसका लागि कप्तान रोहित पौडेलले उम्दा पारि खेले ।५४ बलको सामना गरेका पौडेलले ११२ रनको योगदान गरेका थिए भने अन्य व्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।

पहिलो खेलमा बलियो मानिएको टोलीलाई पराजित गरेसँगै नेपाली टोलीकोमनोबल उच्च देखिन्छ । आज नेपालविरुद्ध पहिलो जितको खोजिमा वेस्टइन्डिज ए टोली मैदान प्रवेश गर्दा घरेलु टोली दोस्रो जितकोलागि उत्साहित देखिन्छ ।
ट्वान्टी-२०विश्वकपको तयारीका लागि आयोजित यो तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र अन्तिम खेल शनिबार हुने क्यानको तालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्