काठमाडौं । काठमाडौँ महानगरपलिकाका मेयर बालेन शाहले नेपालका जुनसुकै पालिकाका गरिब तथा असहायको काठमाडौं महानगरले उपचार गर्ने बताएका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत् उनले भनेका छन्, ‘नेपालको जुनसुकै पालिकाको भएपनि अशक्त र गरिब नागरिक बिरामीहरुले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौं महानगर आउनुहोला, हामीसँग ४३ अस्पतालका ३२३ बेड आबद्ध छन्, त्यहाँ बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुनेछ ।’
उनले त्यसबारे टोल छिमेक वा आफन्तहरुलाई समेत जानकारी दिन आग्रह गरेका छन् । मेयर बालेनले त्यसबारे बिस्तृत जानकारीका लागि महानगरपालिकाको स्वास्थ्य बिभागको सम्पर्क नं. ११८० मा सम्पर्क गर्न समेत आग्रह गरेका छन् ।