इलाम-२ उपनिर्वाचन : मतगणना सुरु

इलाम-२ उपनिर्वाचन : मतगणना सुरु

विराटनगर । इलाम-२ मा उपनिर्वाचनको मतगणना सुरु भएको छ ।

बिहान ११ बजेदेखि सुरु गर्ने भनिएको मतगणना एक घण्टापछि सुरु भएको हो ।

फाकफोकथुम गाउँपालिकाको वडा नम्बर १ र २ नम्बर वडाको मत गणना सुरु भएको हो ।

यसअघि सर्वदलीय बैठकले क्रमशः फाकफोकथुम, चुलाचुली, माङ्सेबुङ, माई, देउमाई, इलामको वडा नम्बर १ देखि गणना सुरु गर्ने निणर्य गरेको छ ।

मतगणना दुई स्थानबाट सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्