इलाम उपनिर्वाचन : कांग्रेसले लियो सुरुवाती अग्रता

इलाम उपनिर्वाचन : कांग्रेसले लियो सुरुवाती अग्रता

विराटनगर । इलाम–२ उपनिर्वाचनको प्रारम्भीक मतपरिणाम सार्वजनिक भएको छ ।

फाकफोकथुम १ र २ नम्बर वडाको मत गणनामा काँग्रेसका डम्बर खड्का १ हजार १४५ मतसहित अग्रस्थानमा छन् । दोस्रो स्थानमा रहेका एमालेका सुहाङ नेम्वाङले १ हजार ६३ मत पाएका छन् ।

रास्वपाका मिलन योङहाङ लिम्बूले ११५ मत पाएका छन् । भने तेस्रो स्थानमा स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह लिम्बूले १८७ मत पाएका छन् ।
निर्वाचन आयोगबाट आधिकारिक घोषणा हुन बाँकी छ ।

प्रतिनिधिसभा सदस्यका लागि इलाममा बैशाख १५ गते उपनिर्वाचन भएको हो । संविधानसभा अध्यक्ष समेत रहेका सुवासचन्द्र नेम्वाङको निधन भएपश्चात् यहाँ उपनिर्वाचन गरिएको हो । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार नगरपालिका वडा नम्बर ७ मा रहेको गौतमबुद्ध समभागृहमा मतगणना भइरहेको छ । एक लाख १५ हजार ८८९ मतदाता रहेको इलाम २ मा ६९ हजार ४२१ मतदाताले मतदान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्