पूर्वदेखि पश्चिमसम्म अवैध लागूऔषधको जालो, १० जना पक्राउ

पूर्वदेखि पश्चिमसम्म अवैध लागूऔषधको जालो, १० जना पक्राउ

काठमाडौं । प्रहरीले विभिन्न ठाउँबाट अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जनालाई पक्राउ गरेको छ ।

पर्सा, कालिकामाई गाउँपालिका-१ तिनदुबिया बस्ने ४१ वर्षीय बृजेश प्रसाद कुर्मीलाईउनकै घरबाट चरेस जस्तो देखिने पदार्थ १७ किलोसहित प्रहरीले पक्राउ गरेकोछ । प्रहरीले उनको घर तलासी गर्ने क्रममालुकाई छिपाई राखेको उक्त पदार्थ फेलापारी उनलाई पक्राउ गरेको हो ।

रौतहट, छेदिचोकबाट अवैध लागूऔषध गाँजा १० किलो ५सय ग्रामसहित बारानिजगढ नगरपालिका-९ बजार टोल बस्ने अटो चालक ४२ वर्षीय अनन्त बराइली र उनकैश्रीमती ३५ वर्षीया मन्जु बराइलीलाई पक्राउ गरेको छ । प्रहरीले प्र.२-०३-००१ ह ३१५ नम्बरको अटो जाँच गर्ने क्रममा अटोमा सवार उनीहरूलाई उक्तगाँजासहित पक्राउ गरेको हो ।

यस्तै,झापा, पन्थपाडास्थित सडकबाट अवैध लागुऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ १६ ग्राम र नगद ११ हजार रूपैयाँसहित झापा बाह्रदर्शी गाउँपालिका-४चकचकी बस्ने ३२ वर्षीय जफिर आलमलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.१० प५६४२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक जफिरलाई उक्त पदार्थसहित फेलापारी पक्राउ गरेको हो ।
धनुषा, औरही गाउँपालिका-५ स्थित औरही चोकबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ १३ ग्राम र नगद ३८ हजार २ सय २० रूपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिरहा सिरहा नगरपालिका-१५ बस्ने ३६. वर्षीय श्याम सुन्दर यादव र भारत घर भएका ३२ वर्षीय सुधिर कुमार ठाकुर रहेका छन् ।

प्रहरीले विआर ३२ एएफ ९३४७ नम्बरकोमोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ रनगदसहित पक्राउ गरेको हो ।
यसैगरी धनुषा, जनकपुर उपमहानगरपालिका-४ मुरली चोकबाट अवैध लागूऔषध खैरोहेरोइन जस्तो देखिने पदार्थ ६ ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१ बस्ने २२ वर्षीय अर्जुन बैठा र २१ वर्षीयईन्द्रजीत भण्डारी रहेका छन् । प्रहरीले ज.१० प १२८९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममामोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कञ्चनपुर, बेलौरी नगरपालिका-६ बैशाखाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तोपदार्थ १ ग्राम ६५ मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेहरूमा धनगढी उपमहानगरपालिका-१ पुष्पलाल चोक बस्ने १९ वर्षीया दिक्षा लामिछाने रसोही उपमहानगरपालिका-२ मिलनचोक बस्ने १८ वर्षीया किशोरी रहेका छन् ।

प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेकोहो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्