विराटनगरमा टी–१० च्याम्पियनसीप क्रिकेट प्रतियोगिता हुने

विराटनगरमा टी–१० च्याम्पियनसीप क्रिकेट प्रतियोगिता हुने

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर–६ को आयोजनामा टी–१० च्याम्पियनसीप क्रिकेट प्रतियोगिता हुने भएको छ ।

विराटनगर–६ स्थित म्यारीलिबोन विराटनगर ज्वाला क्रिकेट मैदानमा प्रतियोगिता संचालन हुने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।

आगामी जेठ १२गतेदेखि २९ गतेसम्म संचालन हुने प्रतियोगितामा नेपालका विभिन्न ८ टीमले सहभागिता जनाउने आयोजकले जनाएको छ । सहभागी टीमको टुङ्गो भने चाँडै टुङ्गो लगाउने बताइएको छ । प्रतियोगितामा प्रथम हुने टोलीले नगद ५ लाख पुरस्कार प्राप्त गर्ने छ । यस्तै दोस्रो हुने टीमले २ लाख, तेस्रो हुने टीमले १ लाख र चौथो हुने टीमले ५० नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । खेल दिवा र रात्रीकालिन समयमा संचालन हुने वडा नम्बर–६ का वडाअध्यक्ष हरिश्चन्द्र सहनीले जानकारी दिए ।

टी–१० च्याम्पियनसीप प्रतियोगिता पहिलो पटक संचालन हुन लागेकाले यसलाई सफल बनाउन सबैले सहयोग गर्नुपर्ने सहनीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्